४८ घण्टामा अन्तरिक्षबाट पृथ्वीतर्फ ठूलो खतरा आउँदै, के भन्छ नासा ?
अन्तरीक्ष विज्ञानमा यो दूरी धेरै मानिदैन्। र कम पनि हैन्। यदि यो उल्कापिण्ड पृथ्वीमा खसेर कुनै बस्तुसँग ठोक्किए ठूलो दुर्घटना हुनसक्छ । सुनामी जान सक्ने वा कयौँ देश बवार्द हुन सक्ने बताइएको छ। विश्वकै अग्लो चुचुरो सगरमाथाभन्दा कयौँ गुणा ठूलो रहेको भनिएको यो तारा अप्रिल २९ सम्ममा खस्नेबारे नासाले डेढ महिना अघिनै खुलासा गरेको थियो। नासाका अनुसार ताराको तिब्रता ३१ हजार ३ सय १९ किलोमिटर प्रतिघण्टा रहेको छ अर्थात करिब ८८२ किलोमिटर प्रति सेकेण्ड छ।
पृथ्वीबाट टाढा खस्ने भएकाले डराउनुपर्ने अवस्था नरहेको नासाका वैज्ञानिकहरुको भनाई छ। केही वैज्ञानिकले भने चिन्ता व्यक्त गर्ने गरेका छन्। यो उल्का पिण्डलाई नासाका वैज्ञानिकले सबैभन्दा पहिले सन् १९९८ मा देखेका थिए। यसको ब्यास करिब ४ किलोमिटरको छ।
यो तारा अप्रिल २९ मा पृथ्वी नजिक खस्ने अनुमान गरिएको छ। खगोदविद्का अनुसार यस्ता तारा हरेक एक सय वर्षमा ५० हजार पटक पृथ्वीमा ठोक्किने सम्भावना हुने गर्दछन्। यी तारा प्रायः वायु मण्डलमा आउनासाथ जल्ने गर्दछन्। यसबाट ठूलो नोक्सान नहुने पनि बताइएको समाचारमा उल्लेख छ।