News

लकडाउन हटेकै दिन कोरोनाले लियो थप एक जनाको ज्यान

धरान । सरकारले चार महिना देखि लगाएको लकडाउन बुधवार पूर्ण रुपमा हटेको छ । कोरोना फैलन नदिन लागू गरिएको लकडाउन हटेकै दिन एक जनाको कोरोनाकै कारण निधन भएको पुिष्ट भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा वृद्धको कोरोनाका कारण निधन भएको छ। गत साउन १ गते प्रतिष्ठानको कोभिड अस्पतालको आइसुलेशन वार्डमा भर्ना भएका महोत्तरीका ६० वर्षीय वराति निधन भएको प्रतिष्ठानृद्धको कोरोनाका कारण निधन भएको मेडिशन विभाग प्रमुख प्रा।डा संजिवकुमार शर्माले जानकारी दिएका छन् ।

प्रतिष्ठान भर्ना भएका मृतकको पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएको डा शर्माले बताए। मृतकको शव हाल प्रतिष्ठानमै राखिएको छ। मृतकको शव दाहसंस्कारका लागिमहोत्तरी पठाउन व्यवस्थापन भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए।

यसअघि प्रतिष्ठानमा सप्तरीका ७३ वर्षीय रामकृष्ण दासको निधन भएको थियो। प्रतिष्ठानमा हाल ११ जना कोरोना संक्रमितको उपचार भइरहेको प्रतिष्ठानका प्रवक्ता डा। निधेश सापकोटाले बताए। उनले प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका २ सय ६७ जनालो कोरोना जितेर डिस्चार्ज भइसकेको बताए। योसँगै कोरोनाले मृ त्यु हुनेको संख्या ४१ पुगेको छ।

यो अर्को समाचार, नारायणगढ–मुग्लिन सडकमा पुनः पहिरो
नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खसेको छ । भरतपुर महानगरपालिका–२९ स्थित पन्ध्रकिलो नजिक बतासेडाँडामा पहिरो खसेको हो ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार चारकिलोको पहिरो पन्छाएर सडक एकतर्फी बनाएको केही घण्टामै पुनः पहिरो खसेको हो । ठूलो चट्टानसहित पहिरो खसेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । राति करिब ८ः४५ बजे पहिरो खसेको हो । चारकिलोको पहिरो ३६ घण्टामा पन्छाएर दिउँसो ४ः३० बजे एकतर्फी खुलाइएको थियो ।

पहिरो खसेसँगै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख पहिरोमा परी अड्किनुभएको थियो । उहाँहरु सडक अनुगमन गरेर फर्कने क्रममा पहिरोले रोकिएपछि सवारी साधन उतै छाडेर वैकल्पिक मार्गको प्रयोग गरी फर्कनुभएको थियो । राति ठूलो चट्टानसहित पहिरो खसेका कारण पहिरो पन्छाउन के–कति समय लाग्छ अहिले भन्न नसकिने अधिकारीले जानकारी दिए। । केहीबेरमा पहिरो पन्छाउने काम थालिने छ ।

Related Articles

Back to top button
Close