International

हङकङ मामिलामा हस्तक्षेप असह्य’

चीनको आन्तरिक मामिलामा बेलायतले खुला हस्तक्षेप गर्‍यो : चीन
लन्डन — बेलायतले हङकङको आन्तरिक मामिलामा हस्तक्षेप गरे गम्भीर परिणाम भोग्ने चीनले चेतावनी दिएको छ । चीनले हङकङमा नयाँ सुरक्षा कानुन जारी गरेको प्रतिक्रियामा बेलायतले सोमबार चीनसँगको सुपुर्दगी सन्धि निलम्बन गरेको थियो ।

त्यसको जवाफमा बेलायतस्थित चिनियाँ राजदूतले ‘चीनको आन्तरिक मामिलामा बेलायतले खुला हस्तक्षेप गरेको’ बताएका हुन् ।
‘चीनले कहिल्यै पनि बेलायतको आन्तरिक मामिलामा हस्तक्षेप गरेको छैन । बेलायतले पनि त्यसै गरोस् भन्ने चाहन्छौँ,’ चिनियाँ राजदूत लिउ सिआयोमिङले भने । यसअघि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ३० लाख हङकङवासीलाई बेलायतमा स्थायी बासोबासको अनुमति दिने बताएका थिए ।

Related Articles

Back to top button
Close