International

हेर्नुहोस हिजोको सुन्दर नगरी काठमाडौ आज बस्तीसम्म सतर्क रहन पर्ने अवस्था

काठमाण्डौ – आज मंगलबार पनि देशभर मनसुन सक्रिय रहेका कारण वर्षा जारी रहेको छ । जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाका अनुसार आज नारायणी र यस सहायक नदीमा बहाव खतरा तह माथि हुने र नवलपरासीको सुस्ता र आसपास डुबानको जोखिम रहेको जनाएको छ ।

दुई दिनदेखिको अविरल वर्षाका कारण उपत्यकालगायत मुलुकका अधिकांश भेगको जनजीवन प्रभावित भएको छ । ठाउँठाउँमा बाढीपहिरो गएको छ भने विभिन्न राजमार्ग अवरुद्ध हुन पुगेको छ । अहिले पनि भारी वर्षा जारी रहेकाले जोखिम उच्च हुँदा उचित सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ ।

उपत्यकाबाट वाग्मती र सहायक नदी तटीय क्षेत्रसमेत उच्च जोखिममा रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । कन्काई, कमला, वाग्मती, पश्चिम राप्ती, बबई र यसका आसपासका सहायक नदीमा बहाव बढ्दो रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । तिनाउ खतराको आसपास पुग्ने, कर्णाली र महाकालीमा समेत बहाव बढ्ने छ ।

अविरल वर्षाका कारण राजधानी काठमाडौंका प्राय सबै खोलामा पानीको बहाब बढेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा उपत्यकाको धेरै स्थानमा भारी वर्षा मापन गरिएको छ। मनोहरा, हुनमन्ते, नख्खुलगायत ललितपुर र भक्तपुर भई बहने प्राय सबै नदीमा बहाव खतरा बढेको छ। नदी/नालाको पानी सडक र बस्तीसम्म आउनसक्ने भएकाले बेलुकासम्म उच्च सतर्क रहन आग्रह गरेको छ।

Related Articles

Back to top button
Close