International

भारतकै मिडियामा हेडलाईन : नेपालको सत्ता संघर्ष समाप्त, नेकपा फुट्ने सम्भावना टर्यो

काठमाडौ । नेपालमा सत्ता संघर्ष समाप्त भएको संकेत भारतीय सञ्चारमाध्यमहरुले खुलेरै गर्न थालेका छन् । सत्तारूढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दल फुट्ने सम्भावन टर्योः ओली–प्रचण्ड सम्झौतामा सहमत, प्रचण्डले प्रधानमन्त्री ओलीको राजीनामा माग गर्न छोडे भन्ने शिर्षकमा भारतको चर्चित अखबार दैनिक भास्करले समाचार लेखेको छ । नेपालको मिडिया रिपोर्टलाई उदृधत गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको मागलाई तत्कालै छाड्ने निर्णय गरेका छन भनेर उल्लेख गरिएको छ ।

ओली–प्रचण्डबीच आइतबार आपसी सम्झौतामा यस्तो सहमति भएको हो । यो सम्झौतामा राष्ट्रपति विद्या देवी भण्डारीको भूमिका महत्वपूर्ण रहेको कुरालाई पनि भास्करले प्रष्ट खुलाएको छ । दुई नेताहरु मंसिरमा महाधिवेशन जाने कुरामा सहमत भएको पनि समाचारमा जनाइएको छ । अध्यक्षद्वयबीच मंसिरमा महाधिवेशन गरेर जाने कुरामा चर्चा भएको र त्यसमा नै सहमति बनेको खुलाइएको छ ।
भास्करले अगाडि प्रचण्डलाई वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालको समर्थन रहेको पनि लेखेको छ । नेताहरुको साथ हुँदा पनि प्रचण्डले ओलीको राजीनामाको मागलाई छोडेको आरोप लगाइएको छ । प्रचण्ड लगायतका नेताहरु ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरिरहेका थिए । अर्को तिर नेकपाको स्थायी समितिको बैठक सातौं पटक स्थगित गरिएको छ । नेकपाको केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आइतबार दिउँसो ३ बजे बस्नुपर्ने स्थायी समितिको बैठक मंगलबार बिहान ११ बजेसम्म स्थगित भएको छ ।’

भास्करले अगाडि नेकपा पार्टीका नेताहरू ओलीसँग धेरै मुद्दाहरूमा रिसाएका छन् भनेको छ । प्रधानमन्त्री कोरोना महामारीलाई पराजित गर्न असफल भए । भ्रष्टाचारको आरोपमा कार्य गरेनन् । नेपालमा सरकार परिवर्तनमा मुख्य भुमिकामा रहेको मानिएको भारतसँगको सम्बन्धका कारण पनि ओलीलाई सत्ताबाट हटाउन खोजिएको कुरा भारतीय मिडियाहरुले खुलेरै भन्ने गरेका थिए । यो बीचमा भास्करले थप्दै धेरै महत्त्वपूर्ण मुद्दा भारतसँग सम्बन्धित छन् भनेको छ ।

भास्करका अनुसार नेकपामा पार्टी नेताहरूले सीमा विवादमा भारतसँग छलफल गर्ने कुरामा ओली सरकार चुक्यो । भास्करका अनुसार ओली सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा कमजोर देखिएका छन् । अगाडि ठोकुवा गर्दै उक्त समाचारमा पार्टीको नियम अनुसार यदि कोही नेता यी तीन कमिटिमा कमजोर छ भने ऊ बाहिर जाने निश्चित छ भनेको छ ।

Related Articles

Back to top button
Close