International

ठोरी कब्जा गर्न आएका भारतियलाई नेपालीले यसरी लखेटे (भिडियो सहित)

काठमाडौं । पर्साको ठोरीमा भारतीय एसएसवीले नेपाली भूमी मि’चेर संरचना निर्माण गर्न लागेपछि स्थानिय बासीन्दो प्र’तिकार गरेका छन् । हतियार सहित नेपाली भूमीमा प्रवेश गरेका भारतीय एसएसवीलाई स्थानियले प्र’तिकार गरेका हुन् । ठोरीको सिमाना नजिक नेपाली भूमीमा भारतीय एसएसवीले टहरो निर्माण गर्न लागेपछि स्थानियले विरोध जनाएका थिए ।

सो क्रममा झ’ड’पको अवस्था समेत भएको छ । भारतीयले नेपाली भूमीमै आएर छाप्रो बनाउन लागेपछि पुगेका स्थानियले विरोध गरेका थिए ।अवस्था विग्रन लागेपछि स्थानिय तहका जनप्रतिनिध र शसस्त्र प्रहरीको टोली समेत पुगेको थियो । जनप्रतिनिधिले स्थानियबासीन्दालाई आ’क्रो’शित नहुन भन्दै सम्झाएका थिए । स्थानिय जनप्रतिनिधिहरुले आवेशमा नआउन भन्दै नेपालीलाई सम्झाइरहेको भिडियोमा देख्न सकिन्छ ।ठोरीमा उखेलिएको जंगे पिलर गाडियो

राम जन्मभूमि कहलिएकाे पर्साकाे ठाेरीस्थित नेपाल-भारत सीमामा भारतीय पक्षले उखेलेकाे जंगे पिलर गाडिएकाे छ ।शनिबार मध्‍याह्न भारतीय सीमा सुरक्षा बल (एसएसबी) सहित भारतका स्थानीयले साे जंगे पिलर उखेलेर फालेका थिए । नेपाल भारत सीमाको ४३६ नम्बर पिलर पुन: गाडिएकाे ठोरी गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले जानकारी दिनुभयाे । गाउँपालिकाकाे वडा नम्बर २ मा रहेकाे सीतागुफामाथि रहेकाे नेपाल भारत सीमा जंगे पिलर भत्काएकाे थाहा पाएपछि सयाैंकाे संख्‍यामा त्यहाँ स्थानीय पुगेका थिए ।

साेही विषयलाई लिएर शनिबार रातिसम्म त्यहाँ तनावकाे अवस्था थियाे । ठाेरीका स्थानीय अ‌ाक्राेशित भएका थिए । दुवै देशका जनप्रतिनिधि तथा सुरक्षा अधिकारीको उपस्थितिमा साविककै ठाउँमा साे जं‍गे पिलर गाडिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठका अनुसार दुवै देशका सुरक्षा अधिकारी तथा जनप्रतिनिधिले सम्बन्धित निकायमा परामर्श गरेपछि शनिबार राति ९ बजे पिलर गाडिएकाे हाे । ‘हामीले पनि प्रमुख जिल्ला अधिकारी लगायत सरोकारवालालाई सम्पर्क गर्यौं, उताबाट पनि आफ्नो निकायमा फोन गरे साविककै ठाउँमा पिलर गाड्ने सहमति भएपछि पहिलेकै अवस्थामा गाडियो’ – अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

साविकको ठाउँमा पिलर गाडिएपछि दुई देशका नागरिकबीचको तनाव पनि अन्त्य भएको छ । अहिले अवस्था सामान्य भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या नेपालकै ठोरी क्षेत्रमा रहेको र राम नेपालमै जन्मिएको अभिव्यक्ति दिएपछि सबैको ध्यान ठोरी क्षेत्रमा तानिएको छ । ठोरीको सीतागुफा, माडीको बाल्मीकि आश्रम लगायत ठाउँ भारतीय सीमाक्षेत्र नजिकै पर्ने भएकाले भारतले ती क्षेत्र अतिक्रमण गर्नसक्ने भन्दै स्थानीय सतर्क भएका छन् । भारतले ठाेरीकाे सीता गुफामा पहिलेदेखि अ‌ाँखा लगाउँदै अ‌ाएकाे छ । राम जन्मभूमि ठहरिएकाे दाबीपछि भारतले त्यहाँ अझ सक्रियता बढाएकाे छ ।

Related Articles

Back to top button
Close