International

हङकङमामा फेरी सुरु भयो कडा लकडाउन, फेरी देखा परे ठूलो संख्यामा संक्रमित

काठमाडौं । हङकङमा फेरी ठूलो संख्यामा कोरोना संक्रमित थपिएपछि कडा लकडाउन लागू गरेको छ । फेब्रुअरीमा लगाएकै जस्तो कडा नियम लागू गरिएको हो । हङकङमा गएको २४ घण्टामा एक सयभन्दा बढी नयाँ कोरोना भाइरस ‘कोभिड–१९’ संक्रमित थपिए पछि सरकारले फेरी कडा नियम लागू गरेको छ ।

एकैदिनमा सयभन्दा बढी कोरोना संक्रमित थपिएसँगै हङकङको सार्वजनिक स्थानमा मास्क अनिवार्य गरिएको छ भने कर्मचारीलाई कार्यालय नआउनु भनिएको छ । साथै यहाँका १ लाख ८० हजार सरकारी कर्मचारीलाई आगामी हप्तादेखि घरैबाट काम गर्न भनिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

सरकारी अधिकारीहरुका अनुसार हङकङमा कोरोना संक्रमित पछिल्लो समय तिव्र गतिमा बढेसँगै गत फेब्रुअरीकै जस्तो कडा नियम लागू गरिने भएको छ। शनिबार मात्र हङकङमा ६४ संक्रमित थपिएका थिए। हालसम्म हङकङमा १८ सयभन्दा बढीमा कोरोना देखिएको छ। संक्रमितमध्ये १२ को निधन हुँदा १२ सयभन्दा बढी उपचारपछि स्वस्थ बनेका छन्।

यो अर्को समाचार, बेइजिङमा थपिएनन् नयाँ सङ्क्रमित, देशभरी १६ जना मात्र भेटिए
चीनको राजधानी बेइजिङमा शनिबार कोरोनाभाइरसका कुनै पनि विरामी नथपिएको अधिकारीहरुले जनाएका छन् । स्थानीय अधिकारीहरुले आइतबार दिएको जानकारी अन्ुसार निरन्तर पछिल्लो १३ दिनमा कुनै पनि सङ्क्रमित थपिएको छैन ।

“पछिल्लो १३ दिनसम्ममा बेइजिङ्मा कुनै पनि नयाँ सङ्क्रमित भेटिएका छैनन् भने शनिबार १३ जना सङ्क्रमितहरु स’ङ्क्रम’णमुक्त भएका छन्,” एक अधिकारीले भने ।यसैबीच चीनमा देशभरी पछिल्लो२४ घण्टामा १६ जना मात्र सङ्क्रमित भेटिएका छन् । तीमध्ये १३ जना आन्तरिकरूपमा सङ्क्रमित हुन् भने अरु अन्य ठाउँबाट आएका सङ्क्रमित हुन् ।

जोन हकिन्स विश्वविद्यालयले दिएको जानकारी अनुसार विश्वभरी अहिलेसम्म एक करोड ४२ लाख ४१ हजारभन्दाबढी मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । त्यसैगरी कोरोनाभाइरसकै कारण विश्वभरी अहिलेसम्म छ लाख एक हजार ४५५ जनाको निधन भएको पनि विश्वविद्यालयले जनाएको छ ।

Related Articles

Back to top button
Close