Sport

नेपालका प्रिन्स दाहाल एसियाकै उत्कृष्ट जुनियर ब्याडमिन्टन खेलाडी

नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल एसियाकै उत्कृष्ट जुनियर खेलाडी भएको ब्याडमिन्टन एसियाले जनाएको छ।

एसियाली देशहरूको ब्याडमिन्टन खेलको सर्वोच्च संस्था ब्याडमिन्टन एसियाले नेपालका १६ वर्षीय दाहालले पछिल्ला वर्षमा वरीयतामा फड्को मार्दै उत्कृष्ट खेलाडी बन्न सफल भएको उल्लेख गरेको छ।

गत मार्चमा विश्वको यु-१९ वरीयतामा सातौं स्थानमा उक्लिनु दाहालको अहिलेसम्मकै उच्च वरीयता हो। नेपालको तर्फबाट कुनै पनि ब्याडमिन्टन खेलाडी यु-१९ वरीयतामा शीर्ष सातमा परेको यो नै पहिलो पटक हो।

विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने क्रममा दाहालले उत्कृष्ट खेल्दै आएका छन्। उनले गएको सेप्टेम्बर दुबई अन्तर्राष्ट्रिय जुनियर सिरिज जितेका थिए।

दार्चुलाको खलङ्‌गामा जन्मिएका दाहालले नेपालको विभिन्न राष्ट्रिय प्रतियोगिता समेत जितिसकेका छन्।

सन् २०१३ मा काठमाडौं आएपछि दाहालको ब्याडमिन्टन यात्रा सुरु भएको थियो। नेपाल पुलिस विद्यालय भक्तपुरमा भर्ना भएपछि उनले ब्याडमिन्टनको सुविधाहरु पाए।

सुरुमा यु-१४ र यु-१६ स्तरका प्रतियोगितामा प्रतिस्पर्धा गर्दै उनले आफ्नो क्षमता देखाएका थिए। त्यसक्रममा उनले सिनियर खेलाडीविरुद्ध समेत उत्कृष्ट खेल्ने गरेका थिए। जसका कारण उनको प्रदर्शनमा निखारता आउँदै गयो।

उनले २०१८ मा थाइल्यान्डको बन्थोङयोर्ड ब्याडमिन्टन स्कुलमा एक वर्ष प्रशिक्षण गरेका थिए।दाहाल आफूलाई नेपालको उत्कृष्ट ब्याडमिन्टन खेलाडीको रुपमा स्थापित गर्दै भविष्यमा ओलम्पिकमा प्रतिस्पर्धा गर्ने चाहान्छन्।

Related Articles

Back to top button
Close