News

भारतमा पछिल्लो २४ घण्टामा मात्रै ३४ हजारभन्दा बढीमा कोरोना

संक्रमितको संख्या १० लाख ३९ हजारभन्दा बढी, ६ लाख ५३ हजारभन्दा बढी निको भए

काठमाडौँ — भारतमा पछिल्लो २४ घण्टामा ३४ हजारभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा मात्रै थप ३४ हजार ८ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या १० लाख ३९ हजारभन्दा बढी पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा थप ६ सय ७१ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २६ हजार २ सय ७३ पुगेको छ । त्यस्तै संक्रमण पुष्टि भएकामध्ये ६ लाख ५३ हजारभन्दा बढी निको भएको पनि भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी महाराष्ट्रमा ८ हजार ३ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै तमलिनाडुमा ४ हजार ५ सय ३८, कर्नाटकमा ३ हजार ६ सय ९३, आन्ध्र प्रदेशमा २ हजार ६ सय २ र दिल्लीमा एक हजार ४ सय ६२ जनामा कोरोना देखिएको छ ।

गत वर्षको डिसेम्बरमा चीन वुहानबाट सुरु भएको कोरोना भाइरस संक्रमणबाट विश्वभर एक करोड ४१ लाखभन्दा बढी संक्रमित भएका छन् । त्यस्तै विश्वका विभिन्न मुलुकमा गरी ६ लाख २ हजारभन्दा बढीको मृत्यु भएको छ । संक्रमण पुष्टि भएकामध्ये निको हुनेको संख्या झन्डै ७९ लाख रहेको छ ।

कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ३६ लाख ४७ हजारभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको छ । अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ३९ हजारभन्दा बढी पुगेको छ । त्यस्तै करिब ११ लाख निको भएका छन् ।

Related Articles

Back to top button
Close