News

सांसदले झपारे सचिव : गाडी किन्न सक्ने, वार्षिक प्रतिवेदन बनाउन नसक्ने!

प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिका सांसदहरुले राष्ट्रिय दलित आयोग र आदिवासी तथा जनजाति आयोगका सचिवलाई बिहीबारको बैठकमा झपारे।

उनीहरुले हुदैँ नभएका पदाधिकारीलाई गाडी किनेको तर एउटा वार्षिक प्रतिवेदनसम्म नबनाएको भन्दै बैठकमै हपारे।

दलित आयोगले १४ वटा गाडी किनेको छ भने आदिवासी जनजाति आयोगले ७ वटा गाडी खरिद गरेको छ।

तर पदाधिकारी नियुक्ती नहुँदा ती गाडी सञ्जालनमा आएका छैनन् ।

समितिकी सांसद गंगा चौधरीले कर्मचारी झिंगा धपाएर बसेको भन्दै आलोचना गरिन्। उनले प्रदेशगत हिसाबले भएपनि कार्यक्रम गर्नुको साटो गाडी किन्न लागेको टिप्पणी गरिन्। सांसद बिमला नेपालीले पनि गाडी खरिद गर्ने तर दलितका विषयमा कार्यक्रम समेत नगरि बजेट सकेकोमा आयोगको आलोचना गरिन्।

Related Articles

Back to top button
Close