International

साढे ३ करोड बढी ठगी कोरोना परीक्षणको नक्कली नतिजा दिएर बिरामी भगाउने अस्पताल सञ्चालक बुर्का लगाएर भाग्दै गर्दा पक्राउ

बङ्गलादेश। बङ्गलादेशमा कोरोना परीक्षणको नक्कली नतिजा दिएर बिरामी भगाउने अस्पताल सञ्चालक पक्राउ पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४३ वर्षीय मोहम्मद शाहिद रहेका छन् । शाहिदले कोरोना परीक्षणको नक्कली नतिजा दिएर साढे ३ करोड बढी ठगी गरेका थिए ।

शाहिदको दुई परीक्षण केन्द्रबाट ६५ सय जनाको नक्कली कोरोना परीक्षण नतिजा दिएको जनाइएको छ । शाहिदलाई कोरोन संक्रमितको उपचार तथा परीक्षण गर्ने क्रममा शुल्क लिएको पनि आरोप लागेको छ ।

उनले सरकारसँग भने ती सेवा सित्तैमा दिने कबुल गरेका थिए । बुर्का लगाएर नदी तरेर भारत भाग्न लाग्दै गर्दा उनी पक्राउ परेको समाचारमा जनाइएको छ । उनलाई सोधपुछका लागि १० दिन हिरासतमा लिइएको पनि समाचारमा जनाइएको छ ।

Related Articles

Back to top button
Close