News

खुशिको खबर, काठमाडौंमा फेरी २ हजारको कोरोना जाँच गर्दा १ जनामा पनि देखिएन संक्रमण, थप २ हजारको जाँच गर्ने तयारी

काठमाडौं, साउन १ । पछिल्लो समय काठमाडौँमा कोरोना संक्रमितको संख्या बढीरहेका बेला समुदायस्तरमा कोरोना संक्रमितहरु छन् की छैनन् भनेर एकैसाथ २ हजार जनामा गरिएको परिक्षणको नतिजा सुखद आएको छ । इपिडियोमोलोजी तथा रोग नियन्त्रक महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा पछिल्लो पटक थप २ हजार जनाको परीक्षण गर्दा पनि कसैमा संक्रमण देखिएको छैन।

महाशाखाको तथ्यांक अनुसार बिहीबारसम्म उपत्यकामा संक्रमित हुनेको संख्या ३ सय ६५ पुग्दा उनीहरु विदेशबाट आएका, तराईका जिल्लाबाट आएर क्वारेन्टिनमा बसेकाहरुको संख्इा उल्लेख्य रहेको छ । जसमध्ये काठमाडौंका २ सय ४४, ललितपुरका ७६ र भक्तपुरका ४५ जना छन्। यसअघि नै काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा नै २ हजार २ सय जनाको परीक्षण भइसकेको महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले बताए ।

उनका अनुसार महाशाखाले परीक्षण गर्न उपत्यकाको तीनै जिल्लाका १२ वटा ठाउँ छनोट गरेको थियो। प्रत्येक ठाउँबाट १ सय ८० वटासम्म स्वाब संकलन गरिएको मध्ये टोखा नगरपालिकास्थित हरियाली बस्तीका तीन जना व्यक्तिमा संक्रमण देखिएको थियो। जसमा एकजना कैलालीबाट आएर क्वारेन्टिनमा बसेकी महिला हुन् भने बाँकी दुईजना स्थानीय हुन्। त्यस्तै महाशाखाले थप २ हजार जनाको छिट्टै नै परिक्षण गर्ने तयारी गरेको छ ।

Related Articles

Back to top button
Close