News

भारतलाई लगातार झट्का दिँदै चीनको पक्षमा पुग्यो इरान, भारत तनावमा

काठमाडौं। चाबहारको सामरिक रुपले अहम रेल प्रोजेक्टबाट भारतलाई बाहिर गरेपछि इरानक चीनको साथमा पुगेको छ । यससँगै भारतको तनाव बढेको छ । बुधबार इरानले चीनको बेल्ट एण्ड रोड तथा चीन–पाकिस्तान आर्थिक करिडोरको समर्थन गरेको छ । द एक्सप्रेस ट्रिब्युनका अनुसार भारतले इरानको चाबहार बन्दरगाहलाई चीन पाकिस्तान आर्थिक करिडोर अन्तर्गत बनाइएको ग्य दर बन्दरगाहको जवाफको रुपमा लिने गरेको छ । तर, यसबाटै इरानले भारतलाई निकालिदिएपछि अहिले भारत तनावमा छ ।

पाकिस्तानका लागि इरानी राजदूत सैयद मोहम्मद अली हुसैनीले बीआरआइ र सीपीइसी चीन, इरान र पाकिस्तानसहित पूरै क्षेत्रको लागि लाभदायक भएको बताएका छन् । भारतलाई चाबहार रेल प्रोजेक्टबाट बाहिर निकालेसँगै इरान चीनसँग ४ सय अर्ब डलरको सम्झौतामा अगाडि बढिरहेको छ र चीनका परियोजनालाई खुलेर समर्थन गरिरहेको छ । इरानी राजदूत हुसैनीले भारतको नाम नलिइ भारतलाई निशाना बनाए । उनले चाबहारको रेल प्रोजेक्टमा भारतबिना नै काम सुरु गर्ने निर्णयको बचाउ गर्दै भने ‘जब कुनै देशका सरकारले इरानसँग आफ्नो सम्बन्धबारे चासो देखाइरहेका छैनन् र सामान्य छलफलको लागि पनि उनीहरुलाई अरुको अनुमतिको आवश्यकता पर्छ भने उनीहरु लामो समयसम्म साझेदारीमा कसरी काम गर्न सक्छन् ?’ हुसैनीले बीआरआइ र सीपीइसीको खुलेर प्रशंशा गरे ।

यसलाई इरानको विदेश नीतिमा परिवर्तनको संकेत पनि मानिएको छ । इरानी राजदूतले भने ‘निश्चित रुपमा बेल्ट एण्ड रोड परियोजना र चीन–पाकिस्तान आर्थिक करिडोर क्षेत्रीय विकासको लागि उपयुक्त मञ्च हुन्, खासगरी इरान, पाकिस्तान र चीनको लागि । विकासको यो मोडल केवल हाम्रो लागि नभइ क्षेत्रका अन्य देशका बीच सहयोगको पनि एक मोडल हो ।’

रिपोर्टमा जनाइएअनुसार इरानले चाबहार रेल परियोजनामा भारतको तर्फबाट फण्डिङमा ढिलाइ भएको भन्दै एक्लै काम सुरु गरेको हो । रेल परियोजनाबाट भारतलाई बाहिर निकालेसँगै इरानले चीनसँग २५ वर्षको लागि ४०० अर्ब डलरको रणनीतिक साझेदारी गरेको छ । यो साझेदारीसँगै भारतको तनाव बढेको छ ।

Related Articles

Back to top button
Close