News

काठमाण्डौमा देखियो डरलाग्दो भीड,ठूलो जोखिमबाट कसरी बच्न सक्छ अब काठमाण्डौ?पूरा हेर्नुहोस

काठमाडौ।अहिले काठमाडौका होटलहरु भारतीय नागरिकले भरिएका छन्। भारतवाट खाडी मुलुक जाने उडान बन्द भएका कारण वैदेशिक रोजगारीमा जाने भारतीय नागरिकले नेपालको बाटो प्रयोग गर्न थालेका छन् । उनीहरु नेपालमा १४ दिन क्वारेन्टिन अवधि पुरा गरेर वैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने गरेका छन् । जसवाट नेपालमा भारतीय पर्यटकको संख्या बढेको देखिएको छ ।होटेल व्यवसायीहरूका अनुसार भारतीय नेपालका होटेलमा क्वारेन्टाइनमा बस्न आउने गरेका छन् । भारतीयहरू खाडी तथा अन्य मुलुकमा काम गर्न जान भारतबाट काठमाडौं आउने गरेका छन् ।*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

यहाँ क्वारेन्टाइन बसेपछि काम गर्न जाने मुलुकमा क्वारेन्टाइन बस्नु नपर्ने भएकाले भारतीयहरू काठमाडौंका होटेलमा क्वारेन्टाइन बस्न थालेका हुन् ।कोरोना भाइरसको जोखिम बढेको भन्दै साउदी अरबले फेब्रुअरी पहिलो सातादेखि भारतलगायत २० देशबाट हुने सिधा उडान रोकेपछि भारतीयहरूले नेपालको बाटो रोजेका छन्। साउदीले भारतलगायत देशमा पछिल्लो १४ दिन यात्रा गरेकाहरूलाई आफ्नो देश प्रवेशमा रोक लगाएको थियो। यात्रु नै नभएपछि उडान बन्द भयो।होटेल एशोसिएशन नेपाल (हान) का महासचिव साजन शाक्यका अनुसार विगत केही सातादेखि दैनिक ५०० देखि ६०० सम्म भारतीय नागरिक क्वारेन्टाइन बस्नकै लागि काठमाडौंमा आउने गरेका छन् । यसले गर्दा पनि काठमाडौंका होटेलहरूको गतिविधि चलायमान बनाउन केही मात्रामा भए पनि टेवा पुगेको छ ।*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

Related Articles

Back to top button
Close