Intresting

एक हजार करोड भारु बजेटको ‘महाभाारत’ मा आमिर खानले खेल्ने ,कुन पात्रमा खेल्दैछन ?

नयाँदिल्ली,(एजेन्सी) भारतको वलिवुडका सुपरस्टार आमिर खानले ‘ठग्स अफ हिन्दुस्तान’ को सुटिंग सकाएपछि एक हजार करोड भारु बजेटमा बन्न गइरहेको पौराणिक कथामा आधारित चलचित्र ‘ महाभारत’ मा खेल्ने जि-न्युजले जनाएको छ ।

तर यस ऐतिहासिक चलचित्रमा उनले भगवान कृष्ण वा वा कौरवको पक्षबाट यु’द्ध मैदानमा उत्रने कर्णको भुमिका मध्ये एउटा छान्ने भएका छन् । कौरवमा हस्तिनापुरका पंच पाण्डबका सम्पूर्ण गुण भएको मानिन्छ । यो चलचित्र वलिवुडको इतिहासमै अहिले सममकै सबैभन्दा ठूलो बजेटको हुने बताइएको छ ।

चलचित्र उद्योगका ट्रयाकर रमेश बालाले ट्विट गरेका छन् , ‘यो चलचित्र निर्माण मुल्यका आधारमा हलिवुडका ‘दि लर्ड अफ दि रिंग्स’ वा ‘दि गेम अफ थ्रोन्स’ जस्ता नामुद चलचित्रको कोटीमा पर्नेछ । यस अघि यो महाभारत श्रंखला रिलायनस इन्डष्ट्रिजका अध्यक्ष मुकेश अम्वानीले सह निर्माण गर्ने बताइएको थियो । विश्वको चासो र आकर्षण तान्नका लागि यसको स्क्रिप्ट अन्तर्राष्ट्रिय सतरका लेखकहरले लेखने संचार माध्यमले जनाएको छ ।

केहि समय अघि प्रेस ट्रष्ट अफ इन्डियालाइृ अन्तर्वार्ता दिने क्रममा आमिर खानले महाभाारतमा आफुलाई मनपर्ने पात्र ‘कर्ण’ को भएको बताएका थिए । तर उनले कृष्णको भुमिका निभाउनु पर्ने स्थिती बन्न सक्ने पत्रकारहरले अनुमान गरेका छन् । उले भनेका छन् , ‘ महाभारत आफैंले बनाउने मेरो ठूलो सपना हो । तर मलाई थाहा छ यस परियोजनाका लागि मैले जिवनको कमितमा १५ देखि २० वर्ष खर्च गर्नुपर्ने हुन्छ । मलाइ मनपर्ने पात्र कर्ण हो ।

तर मेरो शारिरीक बनोटका ेकारण त्यो भुमिका निभाउन पाउने कुरामा म निश्चित छैन । मैले कृष्णकै चरित्रमा चित्त बुझाउनु पर्ने पनि हुन सक्छ । त्यसैगरी मलाई अर्जुनको चरित्र पनि त्यतिकै मनपर्छ । उनी कृष्णलाइृ आफ्ने मानिसहरुलाई मा’र्नुपर्ने कारण सोध्ने एक मात्र व्यक्ति हुन् । ’

आमिरले सिक्रेट सुपरस्टारको प्रमोसनकोबेला यस्ता विचार खोलेका हुन् । ठूलो बजेटको महाभारत बनाउने घोषणा गर्ने वलिवुड उद्योग पहिलो भने होइन । यसअघि नै मलयम चलचित्र उद्योगले एक हजार करोड भारुमै महाभारत बनाउने घोषणा गरेको थियो । त्यसमा भने मलायम सुपरस्टार मोहन लाललाई प्रमुख भुमिका दिइने बताइएको छ । मलायम महाभारतको बजेट बाहुबलीको भन्दा पाँच गुणा बढि हुने पत्रकारहरुको भनाई छ ।

थप जानकारी आजको राशी,

वि.सं.२०७७ साल साउन ०१ गते । बिहीबार । ईश्वी सन् २०२० जुलाई १६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण कृष्णपक्ष । तिथि–एकादशी,४१ घडी ३२ पला,बेलुकी ०९ बजेर ५६ मिनेट उप्रान्त द्वादशी । नक्षत्र– कृतिका,३२ घडी ०० पला,साझ ०६ बजेर ०७ मिनेट उप्रान्त रोहिणी । योग– गंड,४७ घडी ५० पला,रातको १२ बजेर २७ मिनेट उप्रान्त वृद्धि । करण– बव,बिहान ०९ बजेर १८ मिनेट उप्रान्त बालव,बेलुकी ०९ बजेर ५६ मिनेट उप्रान्त कौलव । आनन्दादिमा– लुम्ब योग । चन्द्रराशि–बृष । काठमाडौंमा सूर्योदय ०५ बजेर १९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५९ मिनेट । दिनमान ३४ घडी ०९ पला । कामिका एकादशी व्रत। श्रावण संक्रान्ति। कर्कट राशिमा सूर्य बेलुकी १० बजेर ४७ मिनेटमा प्रवेश । शास्त्रोक्त दक्षिणायन प्रारम्भ। कण्डारक पूजा। लूतो फाल्ने सांस्कृतिक दिवस। थारू समुदायको गुरिया पर्व। बैतडी, गुजरमा बनारसी साउने मेला प्रारम्भ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

पढाई लेखाईमा थोरै समय दिदा पनि उत्कृष्ट नतिजा आउने हुनाले आफन्त तथा गुरुजनहरु खुसि हुनेछन् । तपाईको ईमान्दारिताको सबैले कदर गर्नेछन् भने सामाजिक कामहरु समयमा सम्पन्न हुने हुनाले मान सम्मानमा बृद्धि हुनेछ । आुफन्त तथा कुटम्बसँगको चिसिएको सम्बन्धमा सुधार भएर जाने समय रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

व्यापार व्यावसाय फस्टाएर जानेछ भने आर्थिक रुपमा सम्पन्न भई घर परिवारका ईच्छा आ’कांक्षा तथा दैनिक उपभोग्य बस्तुहरुको परिपुर्ति गर्न सकिनेछ । मानव निर्मित भौतिक बस्तुहरुको प्रयोग गर्न पाईने हुदा मन प्रसन्न रहनेछ । पारिवारिक माहोलमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै अध्ययनमा चाहेजस्तो सफलता हात पार्न सकिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

माया प्रेममा एक अर्कालाई शंका तथा अबिश्वास गर्दा स’मस्या आउन सक्छ ध्यान दिनुहोला । कानुन तथा निति नियमको उ’ल्लङघन गर्दा जरिवाना तिर्नु पर्ने हुनसक्छ । आफन्त तथा अग्रजहरु सँग राय बाजिने तथा बि’छोड सम्मको अवस्या आउन सक्छ । बिदेशी लगानि बाट स’ञ्चालित सस्थाहरुमा काम पाउने तथा बिदेश यात्राको गतिलो सम्भावना रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

व्यापार व्यावसायमा दैनिक भन्दा आम्दानि बढ्नेछ भने आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । सोचेभन्दा बढीनै पारिश्रकिम पाईने हुदा मन प्रशन्न हुनेछ । पैत्रिक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गरि समाजमा दाम तथा नाम दुवै कमाउन सकिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनहरुका लागि समय उत्तम रहेकोछ । दाजुभाई तथा आफन्तको साथ तथा सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

माता पिताको कामबाट मन प्रशन्न हुनेछ भने भनेजस्तो सहयोग पाईने हुनाले दैनिक काम सहज रुपमा सम्पन्न हुनेछ । राजनिति तथा समाजसेवामा मान सम्मान प्राप्त हुनेछ भने उच्च पद तथा राज्यको सेवा सुबिधा प्रयोग गरि सम्पन्न हुने योग रहेकोछ । अनुशासित तथा सत्कर्म मार्फत आफ्नो साख बढाउन सकिनेछ । व्यापारमा लगानि गरि रोजगारिका अवसरहरु सिर्जना गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

पारिवारिक माहोलमा दिन बित्ने तथा आफन्त बाट सहयोग पाईनेछ । अध्ययन तथा अ’नुशन्धानको क्षेत्रमा राम्रो प्रगति गरि अरुलाई देखाउन सकिनेछ । धार्मिक तथा सामाजिक कार्यमा दिन बित्नेछ । प्रभावशालि ब्याक्तिहरु सँग भेट हुनेछ भने नयाँ योजनाको रुपरेखा कोरेर फाईदा हुँने काम अगाडि बढाउन सकिनेछ । मान सम्मान तथा प्रतिष्ठा बृद्धि भएर जानेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

तपाईले सुरु गर्नु भएको काममा आफ्ना भन्नेहरुले नै बा’धा तथा अवरोध गर्न सक्छन् ध्यान दिनुहोला । समय र परिस्थितिको अध्ययन नगरि अरुको कुरामा दोडनाले दुख पाईनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अ’प्रिय घ’टना नहोला भन्न सकिन्न । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनु पर्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

माया प्रेममा एक अर्कालाई सहयोग गर्दै रमाउँन सकिनेछ भने घर परिवार सबैसँग सम्बन्धमा सुधार भएर जानेछ । नोकरिमा पदोन्नतीको गतिलो योग रहेकोछ । पढाई लेखाईमा उत्कृष्ट अंकले सहभागिहरुलाई हराउन सकिनेछ । माया प्रेमको गाठो कसिलो हुनेछ भने मिल्ने साथीका साथ स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

लगनशिल तथा ईमान्दारिता पुर्वक गरिएको कामहरु सफलता पुर्वक सम्पन्न गर्न सकिनेछ भने आर्थिक रुपमा सबल हुँने समय रहेकोछ । बिशिष्ट व्याक्तिहरुको संगतले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । माया प्रेममा आफ्नो मायालुलाई आफ्नै आखा अगाडि देख्न पाउँदा मन प्रशन्न हुनेछ । आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला सामान्य मौषमि रोगको प्रकोप भने देखिन सक्छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

शैक्षिक परामर्श तथा चेतनामुलक कार्यक्रम सञ्चालन गरेर शिक्षाको पहुँच भन्दा बाहिरका मानिसहरुलाई शिक्षाको पहुचमा जोड्न सकिने छ । पढाई लेखाईमा अरुदिन भन्दा राम्रो प्रगति भएर जानेछ भने प्रतिश्पर्धामा तपाईनै अग्र पंक्तिमा आउनु हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ भने तपाईको कार्य शैलिको सबैले समर्थन गर्नेछन् । प्रेम प्रशङगका कोपिलाहरु फक्रियर जानेछन् ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

तत्कालको लागी समय मध्ययम भएपनि पछिको लागि शक्ति सञ्चय गर्न सकिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नभएपनि घर जग्गा तथा सवारि साधनको कारोबारभने फस्टाएरु जानेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा समय खर्चियपनि नतिजा आफ्नो पक्षमा नआउँन सक्छ ध्यान दिनुहोला । आफन्त,अग्रज तथा आमासँग टाडिएर लामो दुरिको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

दाजुभाई तथा साझेदारहरु सँग मिलेर गरिने पेशा व्यावसायबाट भनेजस्तो रुपैया पैसा कमाउन सकिनेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा कलम चलाउँनेहरुले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवारमा सबैको सहयोग पाईन हुनाले नया काम गर्ने अवसर आउनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउन सकिने तथा न्यायिक नि’र्णयहरु तपाईकै पक्षमा हुनेछन् ।

Related Articles

Back to top button
Close