International

इन्डोनेसियामा बाढी: १६ जनाको मृत्यु, २३ बेपत्ता

३१ असार: इन्डोनेसियाको दक्षिणी प्रान्त सुलावेसीमा आएको बाढीमा परी १६ व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीहरुले बुधबार जनाएका छन् ।

यस बाढीमा परी अन्य २३ जना बेपत्ता भएका सिन्ह्वा समाचार समितिले जानकारी दिएको छ । बेपत्ता व्यक्तिको उद्धार कार्य जारी रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।सुलावेसी प्रान्तको मसाम्बा, रोङ्गकोङ र मेल्ए जिल्लाका नदीहरुमा आएको बाढीका कारण त्यहाँका पाँच हजार परिवार प्रभावित भएका छन् ।

आइतबार र सोमबार आएको भीषण वर्षाको कारण ती नदीमा बाढी आएको बताइएको छ । बाढीले कैयौँ भवन, सडक र केही गाउँ नै डुबानमा परेको सो समाचारमा उल्लेख छ ।त्यस बाढीको इलाकामा फसेका व्यक्तिहरुको उद्धार कार्य समेत कठिन भएको अधिकारीहरुले जनाएका छन् ।एएनआइ

Related Articles

Back to top button
Close