Intresting

प्रहरीको पोशाकमै टिकटक बनाएका हवल्दार रेनुका र जवान अशोक परे कारवाहीमा

काठमाडौं । पछिल्लो समय टिकटक ट्रेन नियन्त्रण बाहिर गएको छ । पाइलट होस् वा प्रहरी । डाक्टर होस् वा इञ्जिनियर सबै टिकटक लतबाट ग्रस्त बनेका छन् ।

सुरु सुरु सिक्न र मनोरञ्जनका लागि बनाइने टिकटक भिडियोले मानिसको सबै काम प्रभावित पार्ने गरेको छ । अझ कतिपयले त कर्यालय समयमा नै टिकटक बनाएका कारण जागिर समेत धरापमा पारेका छन् । जसको पछिल्लो उदाहरण हुन् मोरङमा पोशाकमा टिकटक बनाउने प्रहरीहरु ।

प्रहरीको पोशाकमै टिकटक बनाएर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका इलाका प्रहरी कार्यालय लेटाङमा कार्यरत प्रहरी हवल्दार रेनुका सोनाम र जवान अशोक राईलाई कारबाही प्रक्रिया अगाडी बढाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार उनीहरुका विषयमा पटक पटक प्रश्न उठेपछि प्रहरीले कारवाही प्रक्रिया नै अगाडी बढाएको हो । उनीहरुले टेबुलमा बसेर प्रहरी पोशाकमै टिकटक बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेपछि भाइरल बनेको थियो ।

Related Articles

Back to top button
Close