सडकमा नै खेत रोप्नेजस्तो हिलो देखेपछि दिक्क बनेका बरिष्ठ कलाकार मदनकृष्णले यसरी गरे ब्यग्य,
काठमाडौं । पाका कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंशले अभिनय मार्फत नै राज्य संयन्त्रलाई सुध्रिन कैयौँ ब्यग्यहरु प्रस्तुत गरेका छन् । तर न राज्यका प्रशासकहरुले कहिल्यै सुने न चुवान जितेर पजेरो चढ्दै सिंहदरबार पुगेर आफ्नै संसारमा रमाउने नेताहरुले टेरे । यहाँ यस्तै हुन थालेको कैयौँ वर्ष भयो ।
पिना सुक्दै गर्छ, काग कराउँदै गर्छ भन्ने उखान वर्षेनी दोहोरीइरह्यो । र त राजधानीका काटोहरु नै धान रोप्ने खेतहरु जस्ता हिलाम्मे बनिरहेका छन् ।
नेता र सचिव भनाउँदाहरु त्यही बाटो भएर पजेरोमा सरर कुदे । तर उनीहरुको पजेरोमा कुनै समस्या नै परेन । तर जनता र कलाकारले दिनहुँ यो हैरानी भोगीरहनुपर्छ । कतिपयले भने मुख फोर्छन् र ब्यग्य गर्छन् । जसमध्येका एक हुन् बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ ।
कलाकार श्रेष्ठले ललितपुरको ऐतिहासिक सुनाकोठी क्षेत्रको बाटो नबनाएकोप्रति सरकारप्रति कटाक्ष गर्दै तस्विर नै पोष्ट गरेर तितो सत्य बाहिर ल्याईदिएका छन् ।
बुधबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा उनले सो क्षेत्रको दूरावस्था रहेको सकडको तस्बिर पोष्ट गर्दै सरकारप्रति कटाक्ष गरेका दृश्यहरु भाइरल बनिरहेका छन् । मदनकृष्णले तस्विरहरु पोष्ट गर्दै सामाजिक संजालमा लेखेको स्टाटस पढ्नुहोस् जस्ताको त्यस्तै
सातदोबाटोको चापागाउँ चोकबाट तीन किलोमिटर दक्षिणमा सुनाकोठी भन्ने एउटा ऐतिहासिक सुन्दर बस्ती छ, जहाँ म पनि विगत आठ वर्ष देखि बसोबास गर्दै आएको छु । शीलालेखअनुसार, यहाँ पशुपतिनाथ भन्दा पनि पुरानो भ्रिङ्गेश्वर महादेवको मन्दिर अवस्थीत छ। मन्दिर नजिकै ठुलो चौरमा एउटै ढुङगाबाट बनेको १५ फूट अग्लो भीमसेनको मुर्ती स्थापित भएको कारण यो बस्तीको आकर्षण अझ बढेको छ ।
सांस्कृतिक हिसाबले चहल पहल भइरहने यो बस्ती ७२ सालको भुइचालो अगाडि सम्म अत्यन्तै सुन्दर थियो । पर्यटकहरु यो बस्तीमा गाडीबाट ओर्लेर तस्बीर खिचिरहेका हुन्थे ।७२ सालको महाभुकम्प पश्चात सडक छेउका धेरै घरहरु भत्किनुका साथै लेले र चापागाउँ हुदै गुड्ने थुप्रो साधारण तथा माल बाहक गाडीहरुको कारण सडकको पिच पुरै भत्केर पानी पर्दा हिलाम्य, घाम लाग्दा धुलाम्य, पानी जमेर चिप्लाम्य अनि बाटोमा हिड्नेहरु त्यहि हिलोमा चिप्लेर लडाम्यको अवस्थामा छ ।
भुइँचालोले भत्केका सडक छेउका घरहरुलाई मुआब्जा दिएर सडक बढाउने नेपाल सरकारको योजना पनि छ, तर यो योजना आँखा चिम्लेर मज्जाले घुरेर सुतिरहेको जस्तो देखिन्छ । भत्केका घरका घरधनीहरु मुआब्जा दिएर घर भत्काएर सडक बढाइदिएर यो हिलो र धुलोबाट मुक्त गराएर यो सुन्दर सुनाकोठीलाई अझ सुन्दर बनाइदिउन् भनेर मस्तले घुरेर सुतिरहेको सरकार कहिले उठ्ला भनेर कुरेर बसिरहेका छन् । कोहि कुर्या कुरै कोहि घुर्या घुरैको यो अवस्था कहिलेसम्म हेर्या हेरै गर्नु पर्ने हो खै ।