Intresting

दिपाश्रीलाई क्षमा दिन आग्रह गर्दै मध्यराति राजेश हमाल लाइभ आएपछि (भिडियोसहित)

फराकिलो हृदय बनाएर दिपाप्रति मानवता देखाइदिन दर्शकलाई आग्रह

महानायक राजेश हमालले आफ्नो विषयलाई लिएर चलचित्र क्षेत्रमा भइरहेको विवादबारे मुख खोलेका छन् । आज राति करिब १२:३० बजेतिर फेसबुक लाइभमार्फत हमालले आफ्ना धारणा राखेका हुन् ।

उनले आफ्नो महानायक सम्मानको विषयमा भएको विवाद र नकारात्मक बहसले दु:ख लागेको बताएका छन् । खासगरी आफू आबद्व कला तथा सिने क्षेत्रमा भएको वादविवाद, आरोप-प्रत्यारोपप्रति उनले दु:ख व्यक्त गरेका हुन् ।

आफुलाई लक्षित गरेर दिपाश्री निरौलाले व्यक्त गरेका कुरालाई लिएर तीन हप्तादेखिको बहस अन्त्य गर्न उनले आग्रह गरेका छन् । दिपाले भनेका कुरालाई आफुले नजरअन्दाज गरेको उल्लेख गर्दै उनले दर्शकलाई पनि संयम बन्न आग्रह गरेका छन् ।

फराकिलो हृदय बनाएर दिपाप्रति मानवता देखाइदिन उनले दर्शकलाई आग्रह गरेका छन् । `कसैको मानवतामा आँँच नपुग्ने गरि आफ्ना अभिव्यक्तिहरु प्रकट गरौँ ।´ उनले भनेका छन् ।

हमालले दिपाश्रीको नाम एकपटक पनि लिएका छैनन् । सुरुमा मेरा सहकर्मी भनेका छन् भने अन्तिममा सम्बन्धित व्यक्तिलाई क्षमा दिनुहोला भनेका छन् ।

दीपाले माफी मागिन – हास्य कलाकार तथा चलचित्र निर्देशक दीपाश्री निरौलाले फ्यानसँग माफि मागेकी छिन् । उनले एक अन्र्तवार्तामा राजेश हमालको ‘महानायक’ उपाधीप्रति गरेको प्रश्नले सामाजिक सञ्जालमा निकै आलोचना भएको छ ।

राजेश हमालका शुभचिन्तकले दिपाको आलोचना गरेपछि दिपाले सामाजिक सञ्जालमार्फत नै महानायक हमालका फ्यानसँग माफी माग्दै लेखेकी छिन्,

‘मैले चलचित्र क्षेत्रकों महानायक भएपछि चलचित्र क्षेत्रमा परेको बिषम परिस्थिति मा एउटा अभिभाबकको भूमिका निर्वाह गरेर, आफूलाइ बर्षो देखि सहयोग गरेका प्राबिधिकहरू लाइ परेको पीर मर्कामा सहयोगी किन हुन सक्नु भएन भन्ने आशयले यो बिषयमा बोलेको हूँ..’

दिपाले उच्च ओहोदामा बसेका मानिसबाट केहि आशा पनि हुन्छ भन्ने आफ्नो आशय भएको स्टाटसमा उल्लेख गरेकी छिन् । दीपाले फ्यानहरुलाई स्पष्ट पार्दै अगाडी लेखेकी छिन्, ‘राजेश हमाललाई सुपरस्टार नै होंइन भन्ने हैसियत मेरो थिएन, छैन र हुने पनि छैन, मेरो पहिलो चलचित्रको नायक हो उहा, उहाँलाइ महानायको रूपमा अस्ति मात्रै पनि मुन्द्रेको कमेडि कल्बमा अत्यन्त सम्मान गरेकै छू ! हेर्न सक्नु हुन्छ !’

उनले आफ्नो पृष्ठभुमि बताउदै लेखेकी छिन्, ‘काठमाण्डू मा पाउरोटी समेत खान नपाएर संघर्ष गरेर यो स्थानमा आएकि म सामान्य कलाकार हूँ, मेरो बिगतले नै मलाइ घमन्ड गर्ने अनुमति दिदैन, म यो क्षेत्रमा ३० बर्ष देखि छू, टुप्पो बाट पलाएको पनि छैन । ’

दीपाले अन्त्यमा महानायकको हिसाबमा चलचित्र क्षेत्रको पिडामा मलम लगाउन सक्नुपर्ने अन्यथा पदमा शंका उत्पन्न हुने भन्दै उनलाई भगवान नै बनाउने पक्षमा आफु नभएको स्पष्ट पारेकी छिन् ।

राजेशले के भने दिपालाई ? हेर्नुहोस पूरा भिडियो :

Related Articles

Back to top button
Close