News

दैलेखमा एकै दिन ११३ जनामा कोरोना पुष्टि, रौतहटमा ६५ जना

२२ जेठ, सुर्खेत । दैलेखमा एकै दिन ११३ जनामा कोरोना पुष्टि भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालामा भएको परीक्षणमा बिहीबार दैलेखका १ सय १३ र मुगुका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये दैलेखको नारायण नगरपालिकाका ५ महिलासहित ७२ जना रहेका छन् । यस्तै देवलकाँडाका १२, सोतका ९, मानटाकुराका ७, भगनीका ५, नौमुलेका ५, साडुका २ र बासकोटमा १ जना रहेको प्रतिष्ठानले जनाएको छ ।

मुगुका संक्रमित खत्याडका पुरुष हुन् ।
२२ जेठ, रौतहट । रौतहटमा एकैदिन ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रौतहटमा बिहीबार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए ।
घिमिरेका अनुसार इशनाथ नगरपालिकाका ४६, गुजरा नगरपालिकाका ८, गढीमाई नगरिपालिकाका ७ तथा चन्द्रपुर , माधवनरायण र फतुवा विजयपुर नगरपालिकाका एक/एक जना र दुर्गा भगवती गाउँपालिकाका १ जना गरी कुल ६५ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएका सबै भारतबाट फर्किएर हाल क्वारेन्टिनमा बसेका व्यक्तिहरु छन् । बिहीबार थपिएका ६५ जना संक्रमित सँगै रौतहटमा संक्रमित हुनेको कुल सँख्या ३८३ पुगेको छ ।

Related Articles

Back to top button
Close