News

दर्शकलाई कानुनी कारबाहीको चेतावनी दिने कि अनुरोध गर्ने ?

उसो त, नेपाली चलचित्रका कलाकारहरुको बिषयमा ट्रोल बन्न थालेको लामो समय भैसकेको छ । कलाकारहरुको बोली, उनीहरुको चलचित्रलाई लिएर सामाजिक संजालमा ट्रोल हुने गर्दछ ।

तर, ३ महिना लामो लक डाउनको समयमा कलाकारले बोलेका बिषयलाई लिएर सामाजिक संजालमा ठूलै चर्चा भयो । ‘राष्ट्रियताको बिषय, जिल्लाको बिषय, महानायकको बिषय’मा कलाकारको बोली चिप्लदा आलोचनाको शिकार हुनुपर्यो ।

कलाकारहरुमाथि सामाजिक संजालमा गालीगलौज पनि भैरहेका छन् । कतिपय सामाजिक संजाल प्रयोगकर्ताहरुले कलाकारहरुलाई निकै तल्लोस्तरको गाली पनि गरेका छन् ।

कलाकारहरुमाथि गालीगलौज बढेपछि चलचित्र सम्बन्धी संघसंस्थाले विज्ञप्ती नै जारी गर्दै कारबाहीको चेतावनी दिए । गालीगलौज नरोकिए नेपालमा रहेका सामाजिक संजाल प्रयोगकर्तालाई साइबर कानुन र विदेशमा रहेकालाई परराष्ट्र मन्त्रालयमार्फत प्रक्रिया अगाडि बढाएर कारबाही गर्ने चेतावनी विभिन्न ७ संस्थाले दिए ।

तर, अहिले सामाजिक संजालमा चलचित्र सम्बन्धी संघसंस्थाको यो निर्णयको चर्को विरोध भएको छ ।

दर्शकलाई कारबाहीको चेतावनी दिने हो या गालीगलौज नगर्न आग्रह गर्ने हो भन्ने बिषयमा आलोचना भैरहेको छ । यो बिषयमा चलचित्रकर्मीहरुकै मत विभाजित छ । कारबाही गर्ने निर्णय गरेका चलचित्रकर्मीहरु फेक आइडी बनाएर गालीगलौज गर्ने क्रम बढेकाले कारबाही गर्ने चेतावनी दिएको बताउँछन् ।

तर, केही चलचित्रकर्मी भने दर्शकलाई कारबाहीको चेतावनी दिनु गलत भएको बताउँछन् ।

चलचित्र रिलिजको समयमा ‘दर्शक हाम्रा भगवान्’ भन्दै हात जोड्ने चलचित्रकर्मीहरु आज उनै दर्शकलाई कारबाही चेतावनी दिइरहेका छन् । अधिकांश दर्शकले आफूहरुलाई कारबाही भन्दा पनि कलाकारले बोल्ने बेलामा ध्यान दिनुपर्ने तर्क राखेका छन् ।

नायिका वर्षा राउत, पूजा शर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह लगायतले सामाजिक संजालमा तल्लोस्तरको गाली खाइरहदा मौन बसेका चलचित्रकर्मीहरु अहिले बल्ल तातेका छन् ।

Related Articles

Back to top button
Close