News

दीपकराज गिरी भन्छन् – गल्ति स्वीकार्दा पनि संगठित रुपमा आक्रमण भयो

काठमाडौँ । अहिले चलिरहेको महानायकको बहसमा कलाकार दीपकराज गिरीले थप स्पष्ट गरेका छन् ।

सामाजिक संजालमा भिडियो संदेश जारी गर्दै महानायकको बहसमा आफ्नो टिम र ‘छक्का पञ्जा’ टिमप्रतिको प्रहार भएको बताएका छन् ।

गिरीले अहिले राजेश हमाल महानायक होकी होइन भन्ने बहस भन्दापनि आफ्नो टिमप्रतिको प्रहारको रुपमा लिएको बताएका छन् । फेक आइडीबाट लगातार नकारात्मक कमेन्ट गरिएको पाइएको समेत बताएका छन् ।

नक्कली आइडी बनाएर संगठित रुपमा नै प्रहार भएको बताएका छन् ।

महानायक विवाद प्रकरणमा अभिनेत्री दीपाश्री निरौलाबाट गल्ति भएको बताउदै माफी मागेपछि पनि यसलाई देशव्यापी रुपमा विरोध भइरहेको बताउदै यो कहिलेसम्म चल्ने हो भन्दै प्रश्न समेत गरेका छन् ।

गिरीले अहिले ‘महानायक’ प्रकरणमा सबै राजेश हमालका समर्थक वा फ्यानहरु विरोधमा नउत्रीएको र संगठित गिरोहले योजनाबद्ध ढंगबाट प्रहार गरिएको बताए ।

उनले भने, हामीबाट गल्ति भयो, गल्तिबाट नै सिक्ने हो, यसबाट पनि सिकियो । यसअघि पनि हाम्रो टिम यस्तो प्रहारमा परेको थियो ।’

जीवनभर राजेश हमाललाई गाली गरेका सिनियर कलाकारहरु पनि अहिले आइएम विथ राजेश हमाल भन्दै हिडेको बताए । कैयौं सिनियर कलाकारले

यसप्रकरणमा मिलाउन अगाडी नसरेको बरु उल्टो घ्यू थप्ने काम गरेको समेत बताए ।

गिरीले यस प्रकरणमा गल्ति भएको स्वीकार गर्दै माफी समेत मागेका छन् । उनले गल्ति भएकाले माफी मागेको र यस घटनाबाट सिकेको बताउदै संगठित भएर आफुहरुविरुद्ध आइलागेकाले आफु नडराउने स्पष्ट गरे ।

Related Articles

Back to top button
Close