News

प्रचण्डको कोरोना परीक्षण गरिने

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कोरोना भाइरस संक्रमण परीक्षण गरिने भएको छ । शुक्रबार चितवन जानुभएका अध्यक्ष दाहाल आज काठमाडौं फर्कँदै हुनुहुन्छ । पूर्व प्रधानमन्त्री दाहाल अहिले काठमाडौ फर्कर्ने क्रममा बाटोमा रहनु भएको उहाँको सचिवालयले जनाएको छ।

काठमाडौं फर्के लगत्तै उहाँको कोरोना परीक्षण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अध्यक्ष दाहालले ३ दिने चितवन बसाइँमा धेरै मानिससँग भेटघाट गर्नुभएको छ । पछिल्लो समय चितवनमा कोरोना संक्रमण फैलिएको छ।

अध्यक्ष दाहालको पत्नी सीता पौडेलको स्वास्थ्य अवस्था अलि कमजोर छ । पत्नी सीताको स्वास्थ्य अवस्था अलि कमजोर रहेको र अध्यक्ष दाहालले प्रधानमन्त्री केपी ओलीलाई पनि भेटघाट गरिरहनु पर्ने भएकाले उहाँको कोरोना परीक्षण गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अध्यक्ष दाहालको यसअघि प्रतिनिधिसभाका सदस्यहरुको कोरोना परीक्षण गर्दा पीसीआर गरिएको थियो । उहाँको त्यसबेला पीसीआर गर्दा रिपोर्ट नेगेटिभ भएको थियो।

स्वास्थ्य मन्त्रालयले उपत्यकाबाहिर आउन जाउने गर्ने जो सुकैको पनि कोरोना परीक्षण गर्न निर्देशन दिएको छ । उपत्यका बाहिर गएर काठमाडौं फर्कँदा केही साता अघि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल समेत क्वारेन्टाइनमा बस्नु भएको थियो । क्वारेन्टाइन बसेपछि उहाँको पनि पीसीआर गरिएको थियो । उहाँको पनि पीसीआर गर्दा रिपोर्ट नेगेटिभ आएको छ।

केही महिना पूर्व उपप्रधानमन्त्री भीम रावलको सुरक्षार्थ खट्ने प्रहरीमा कोरोना संक्रमण देखिएपछि नेकपाको स्थायी समिति बैठक नै स्थगित गर्नु परेको थियो।

Related Articles

Back to top button
Close