News

विमानस्थलमा प्रचण्ड र बाबुरामलाई पूर्वमन्त्री लोकेन्द्र विष्टको थोत्रो लुगा गन्हाएपछि

काठमाडौं । मुलुकमा चलेको १० वर्षे माओवादीको सशस्त्र संघर्षमा पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराईसहित लोकेन्द्र विष्ट मगर पनि सँग सँगै थिए । मुलुकको परिवर्तन, विकास र समृद्धिका लागि उनीहरुसँगै कयौं नेताहरुले संघर्ष गरे । कयौंले सहादत प्राप्त गरे भने कयौं घाइते र बेपात्ता अवस्थामा छन् ।

तर, समय क्रमसँगै केही वर्ष अघि सक्रिय राजनीति छाडेर पूर्वमन्त्री लोकेन्द्र विष्ट मगर कृषि क्षेत्रमा कर्म गरिरहेका छन् । सक्रिय राजनीति राजनीति छाडेर खेतीपातीमा व्यस्त रहेका उनले आइतबार प्रचण्ड र बाबुरामले गरेको व्यवहारबारे सामाजिक सञ्जालमा लेखेका छन् ।

पोखरा विमानस्थलमा प्रचण्ड र बाबुरामले गरेको व्यवहारले आफ्ना आदर्श स्खलित भएको उल्लेख गरेका उनले आफूले राजनीतिबाट अवकास लिनु परेको बताएका छन् । विमानस्थलमा आफूले लगाएको लुगाले प्रचण्ड र बाबुरामले लज्जाबोध गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘ एकदिन पोखरा विमानस्थलमा क.प्रचण्ड र क.बाबुरामसँग थिएँ म, भिआइपी कक्षमा। मैले लगाएको पुरानो थोत्रो जकेटले उहाँहरुलाई लज्जा वोध भएछ क्यारे, मुन्टो निहुराएर कुरा गर्नुभो । मैले सुनिरहेँ, म अलि पर थिएँ । सारमा “लगाउन, खान र चल्न नजान्ने“ भनेर मेरो चर्को आलोचना भयो।’

उनले फेसबुकमा लेखेको जस्ताको तस्तै ः

मेरो आदर्श स्खलित भएको दिन!

एकदिन पोखरा ब्ष्चउयचत मा क.प्रचण्ड र क.बाबुरामसङ्ग थिए म,ख्क्ष्ए कक्षमा। मैले लगाएको पुरानो थोत्रो जकेटले उहाँहरुलाई लज्जा वोध भएछ क्यारे! मुन्टो निहुराएर कुरा गर्नुभो! मैले सुनिरहे! म अलि पर थिए। सारमा “लगाउन,खान र चल्न नजान्ने“ भनेर मेरो चर्को आलोचना भयो। मैले नसुने झैं गरेर सुनिरहे कान थापेर। मलाई नमीठो लाग्यो! आफूसङ्ग पैसा पनि थिएन। भर्खर जसो शान्ति प्रक्रियामा आएको थियो पार्टी। त्यस्तै तीन वर्ष जति भएको हुँदो हो। “आर्थिक मितव्ययिता, सादाजीवन उच्च विचार, कडा परिश्रम …“ हाम्रा आदर्श थिए। पार्टीको आदर्श र नीति भन्दा बाहिर जानु मर्नु जस्तो लाग्थ्यो। आफ्नो आदर्श नेतृत्वले आदर्शकै खिलाफ खिसिटिउरी गरेको सुनेर(भोगेर भन न न न….चक्कर आयो! तर,समालिएर बसे र अडीए! यस्ता चक्कर र घनचक्करहरु दर्जनौं भोगियो! अनि लाग्यो मेरो पार्टी र आदर्श त उहिल्यै सक्किएछ! म उल्लु रहेछु,धत् मोरा भनेर आफैलाई बेस्सरी सरापेर स्वेच्छिक अवकास लिइयो!

Lokendra Bista Magar,

मेरो आदर्श स्खलित भएको दिन!

एकदिन पोखरा Airport मा क.प्रचण्ड र क.बाबुरामसङ्ग थिए म,VIP कक्षमा। मैले लगाएको पुरानो थोत्रो जकेटले उहाँहरुलाई लज्जा वोध भएछ क्यारे! मुन्टो निहुराएर कुरा गर्नुभो! मैले सुनिरहे! म अलि पर थिए। सारमा “लगाउन,खान र चल्न नजान्ने” भनेर मेरो चर्को आलोचना भयो। मैले नसुने झैं गरेर सुनिरहे कान थापेर। मलाई नमीठो लाग्यो! आफूसङ्ग पैसा पनि थिएन। भर्खर जसो शान्ति प्रक्रियामा आएको थियो पार्टी। त्यस्तै तीन वर्ष जति भएको हुँदो हो। “आर्थिक मितव्ययिता, सादाजीवन उच्च विचार, कडा परिश्रम …” हाम्रा आदर्श थिए। पार्टीको आदर्श र नीति भन्दा बाहिर जानु मर्नु जस्तो लाग्थ्यो। आफ्नो आदर्श नेतृत्वले आदर्शकै खिलाफ खिसिटिउरी गरेको सुनेर-भोगेर भन न न न….चक्कर आयो! तर,समालिएर बसे र अडीए! यस्ता चक्कर र घनचक्करहरु दर्जनौं भोगियो! अनि लाग्यो मेरो पार्टी र आदर्श त उहिल्यै सक्किएछ! म उल्लु रहेछु,धत् मोरा भनेर आफैलाई बेस्सरी सरापेर स्वेच्छिक अवकास लिइयो!

Related Articles

Back to top button
Close