News

व्या’पा’री रा’ना’को य’सरि भ’यो ह*त्या, ह*त्याको का’रण प’रस्त्री हु’न् स’क्ने

काठमाडौ । कैलालीमा चार दिन अघि मृ’त फे’ला परेका युवाको घ’टनामा युवती सहित ६ जना प्रहरीको अनुसन्धानमा परेका छन् । गोदावरी नगरपालिका–५ का व्यापारी शिवचरण राना मृ’त फे’ला परेका थिए । घ’टनामा प्रहरीले १२ जना माथि छानविन गरेको थियो ।

प्रहरीले अनुसन्धानको दायरा साँगुरो बनाएको जनाएको छ । अहिले ६ जना अनुसन्धानमा रहेको प्रहरीको भनाई छ । कैलालीको गोदावरी नगरपालिका–५ निर्माणाधिन गेटा मेडिकल कलेज नजिकै युवक मृ’त’ फे’ला परेका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्ट, ईलाका प्रहरी कार्यालय मालाखेतिका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीको नेतृत्वमा घ’टनाको अनुसन्धानका लागि प्रहरी टोली खटिएको हो। धनगढीस्थित कुकुर शाखाबाट अनुसन्धानका लागि तालिम प्राप्त कुकुर समेत घ’टनास्थलमा लगिएको थियो ।

प’क्राउ परेका ६ जनामा केही युवती समेत रहेको बताएपनि प्रहरीले कति जना युवती भन्ने खुलाएको छैन । उनीहरुलाई उच्च निगरानीमा राखेर हामीले अनुसन्धान गरिरहेका छौँ। सम्भवत २ दिनभित्रै निष्कर्षमा पुग्छौँ होला’ प्रहरी नायव उपरिक्षक शाहीले भने । प्रहरीको प्रारम्भिक अनुसन्धानवाट घ’टना युवतीसंग सम्बन्धीत रहेको खुलेको छ । गेटा आँखा अस्पताल नजिकै पसल राखेर व्यापार गर्दै आएका राना मृ’त अवस्थामा फे’ला परेका थिए।

यो पनि पढ्नुस

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

शिवलाई प्रायजसो शिव लिङ्गको रूपमा पनि पुज्ने गरिन्छ । तर, भगवान् शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ, जुन सायदैलाई मात्र थाहा हुन् सक्दछ । पुराणहरूमा भगवान् शिवको उत्पत्ति बारेको केही प्रसंगहरु पाइन्छ । जसलाई आज हामी चर्चा गर्नेछौँ ।

हिन्दु धर्मग्रन्थ विष्णु पुराणका अनुसार, भगवान् ब्रह्मा, भगवान् विष्णुको नाभि अथवा नाइटो कमलबाट उत्पत्ति भएका हुन् भने भगवान् शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् । जसकारण उनी सधैँ योगमुद्रामा रहन्छन् । एक पटक जब भगवान् विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान् शिव प्रकट भएका थिए ।

एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको आवश्यकता थियो । जसकारण उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए । जो रुँदै थियो । जब सो बालकलाई ब्रह्माले रुनुको कारण सोधे ।

तब त्यो बालकले आफ्नो नाम नभएका कारण रोएको बताए । त्यसपछि भगवान् ब्रह्माले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । भगवान् ब्रह्माले सो नाम दिएर पनि शिवजी चुप लागेनन् त्यस पश्चात् ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव । जसलाई पृथ्वीमा लेखिएको मान्यता छ ।

Related Articles

Back to top button
Close