Intresting

आखिर एका एक किन भाइरल भयो यो तस्बिर ? मोटाइन् कि गर्भवती छिन् प्रियंका चोपडा ?

बलिउड अभिनेत्री प्रियंका चोपडा जोनसको सोसल मिडियामा प्रकाशित भएका पछिल्ला तस्बिर चर्चामा आएको छ । तस्बिरमा प्रियंका चोपडा लण्डनमा घुमिरहेको देखिएकी छिन् । वास्तवमा प्रियंका चोपडा यी तस्बिरमा केही मोटाएको जस्तो देखिएकी छिन् । तसर्थ उनका केही प्रशंसकले उनी गर्भवती भएकी हुन् कि भन्ने आशंका व्यक्त गरेका छन् । यद्यपि, प्रियंका चोपडा यतिबेला क्याजुअल लुकमा देखिएकी छिन् । यस्तोमा केही प्रशंसकले उनको तौल केही बढेको कुरामा सहमति जताएका छन् ।

स्मरण रहोस्, प्रियंका चोपडाको किताब अनफिनिस्ड हालै रिलिज भएको छ । र उनी आफ्नो किताबका लागि निकै चर्चामा छिन् । प्रियंकाले आफ्नो यो किताबमा आफ्नो बाल्यकालदेखि अहिलेसम्मको यात्रा सबिस्तार वर्णन गरेकी छिन् ।उक्त किताबमा प्रियंकाले आफ्ना थुप्रै रोचक किस्सा पनि साझा गरेकी छिन् । हाल प्रियंका लण्डनमा छिन्, जहाँ उनी आफ्नो वेब शो सिटाडेलको सुटिङ गरिरहेकी छिन् । अमेजनको स्पाई सिरिजमा प्रियंका गेम अफ थ्रोन्स स्टार रिचर्ड मेडेनेका अपोजिटमा देखिएकी छिन् ।

तेस्तै बलिउड अभिनेत्री प्रियंका चोपडा यतिबेला आफ्ना श्रीमान निक जोनससँग लन्डनमा छिन्। कोरोना भाइरस संक्रमणको जोखिम बढेका कारण लन्डनमा फेरि लकडाउन जारी गरिएको छ। लकडाउनकै बीच प्रियंका भने आफ्नो कपाल मिलाउन र रंगाउन नटिङ हिलस्थित जोस उड सलुन पुगेकी छिन्। बेलायती समाचर वेबसाइट ‘मेल अनलाइन’का अनुसार, ३८ वर्षीया अभिनेत्री बुधबार साँझ आफ्नी आमा मधु र कुकुर डायनासँग सलुन पुगेकी हुन्। उनीहरूसँगै स्टाइलिस जोस उड पनि थिए। जोस उड प्रियंकाको कपाल बनाइदिने स्टाइलिस हुन्। प्रियंका सलुन पुगेको केही समयमै प्रहरीहरू त्यहाँ पुगे। उनीहरूले सलुनमा उपस्थित ग्राहकहरूलाई त्यहाँबाट जान भने। तर सलुन र प्रियंकालाई कुनै कारबाही नगरी प्रहरीहरू फर्किए।

प्रियंकाका प्रवक्ताले यसबारे मेल अनलाइनलाई भनेका छन्, ‘सरकारले तोकेको मापदण्ड अपनाएरै प्रियंका चोपडा जोनसको कपालमा रंग लगाउन हामी जोस उडमा आएका हौं। यो उनको नयाँ फिल्मका लागि हो।’ प्रवक्ताका अनुसार, सलुन निजी प्रयोजनका लागि खुलाइएको थियो। त्यहाँ उपस्थित सबैको कोभिड परीक्षण पनि गराइएको थियो भने फिल्म प्रोडक्सन टोलीले मापदण्ड अपनाएर काम गरिरहेका थिए। फिल्म लन्डनका अनुसार, अहिले सरकारले तोकेको मापदण्ड अपनाउँदै बेलायती राजधानी र केही स्थानमा फिल्म छायांकन गर्ने अनुमति दिइएको छ। फिल्म प्रोडक्सनसँग अनुमति पत्र भएका कारण प्रहरीहरू सलुनबाट चुपचाप सन्तुष्ट भएर निस्केको मेल अनलाइनले लेखेको छ।

तर प्रियंका सलुन पुगेको फोटो सामाजिक सञ्जालमा फैलिएसँगै उनलाई धेरैले आलोचनात्मक प्रतिक्रिया जनाएका छन्। प्रियंका यतिबेला जिम स्ट्राउस निर्देशित अमेरिकी फिल्म ‘टेक्स्ट फर यु’को छायांकनमा व्यस्त छिन्। यसको छायांकन जनवरी अन्तिममा सकिने अनुमान लगाइएको छ। लन्डनको काम सकेर प्रोडक्सन टोली जतिसक्दो चाँडो अमेरिका फर्कने तरखरमा छन्। फिल्म ‘टेक्स्ट फर यु’ एक युवतीको कथा हो जसका श्रीमानको का र दु र्घ टनामा मृत्यु हुन्छ। तर युवतीले उनका मृ’ त श्रीमानको फोनमा दुई वर्षसम्म निरन्तर मेसेज पठाइरहन्छिन्। जब त्यो नम्बर पुनः दर्ता हुन्छ, ती युवतीको सम्बन्ध पनि नयाँ दर्ता भएको व्यक्तिसँग विकास हुन्छ।

Related Articles

Back to top button
Close