News

एकै टोलका ४ जनाको रहस्यमय मृ’त्यु, प्रहरीले दिएन श’व जला’उन

शैलेन्द्र महतो

महोत्तरी। महोत्तरीको भंगहा नगरपालिका-७ मेघनाथ गोरहन्नामा रहस्यय किसिमले ४ जनाकाे मृ’त्यु भएकाे छ। स्थानीय ४० वर्षका मोहन चौधरी, ५२ वर्षका नथुनी चमार, ५४ वर्षका लालबाबु सिंह र बर्दिवास नगरपालिकाका ५२ वर्षका गंगाराम सदाको मृ’त्यु भएको वडा नं. ७ का वडाध्यक्ष वासुदेव सिंह थारुले जानकारी दिए।

उनका अनुसार मोहन चौधरीको मंगलबार साँझ मृ’त्यु भएको हाे। सबै र’क्सी पिउने व्यक्ति भएकाले वि’षा’क्त म’दि’राकै कारण उनीहरुको मृ’त्यु भएको हुन सक्ने वडाध्यक्ष सिंहको अनुमान छ। चारै जनाको श’व गाउँलेले फरक-फरक ठाउँमा जलाउन लागिरहेका बेला प्रहरीले राेकेका छन्। महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले श’व पो’स्टमा’र्टम नगरी र’क्सीकै कारण मृ’त्युु भएको निष्कर्षमा पुग्न नसिकने बताए।

केही मानिस झा’डाप’खालाबाट, केही रक्सी नखाने व्यक्तिको पनि मृ’त्युु भएको छ, उनले भने, तीन/चार दिनको अन्तरालमा उनीहरुको मृ’त्यु भएको हामीले खबर पाएका छौं । एकजनाको श’वलाई पो’स्टमा’र्टम गर्न श’व निय’न्त्रणमा लिन प्रहरीको टोली जलाउने ठाउँमा पठाएका छौं । पोस्टमार्टम पछि मात्र केही भन्न सकिन्छ। यसअघि चैत पहिलो साता पनि धनुषाको रमदैया र जनकपुरमा वि’षा’क्त म’दिरा पिएकै कारण २४ जनाकाे ज्या’न गएको थियो ।

Related Articles

Back to top button
Close