News

कैलालीमा तीन दिनमा मास्क नलगाउने चार हजार जनामाथि कारबाही

गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई मास्क अनिवार्य गर्नेबारे निर्देशन गरेसँगै देशभर मास्क नलगाई सडकमा आउनेलाई कारबाही थालिएको छ।

कैलालीमा बिहीबार एक हजार पचास, शुक्रबार एक हजार पाँच सय ३७ र शनिबार एक हजार पाँच सय बढीलाई कारबाही गरिएको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।

‘मास्क नलगाई हिँड्नेलाई होल्ड गरेर सम्झाई-बुझाई गर्ने गरेका छौं,’ उनले भने।अहिलेलाई जरिवाना गर्ने गरिएको छैन।

मास्क लगाउन र दूरी कायम गर्न अनुरोध गर्ने गरिएको विष्टले बताए।जिल्लामा कोरोनाबाट बच्ने उपायबारे जनचेतनाका लागि माइकिङ समेत गरिरहेको उनले बताए।

Related Articles

Back to top button
Close