News

म्याग्दीमा आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

म्याग्दी — अविरल वर्षापछि शुक्रबार म्याग्दीमा आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ । प्रहरी, स्थानीय युवा क्लब र गाउँलेको सहयोगमा बेपत्ताहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको दुई दिन बित्दासम्म बाढी पहिरोको सबैभन्दा बढी प्रभावित क्षेत्रमा राज्य संयन्त्र र उद्धारकर्ता नआएको भन्दै पीडितले गुनासो गरेका छन् ।
‘हामी बाँच्यौं, हराएकाको भोकभोकै खोजीमा जुटेका छौं । पहिरोले सबैभन्दा बढी क्षति पुर्‍याएको मराङ्गको अवाङ, राम्चे क्षेत्रमा अहिलेसम्म राज्यको उपस्थिति देख्न नपाउँदा खिन्न भएका छौं,’ प्रगति युवा क्लव अर्वाङका अध्यक्ष रहेका चक्रबहादुर पुनले भने, ‘बाढीपहिरोबाट जोगिएका गाउँबाट युवालाई गुहार मागेर पहिरोमा खोतल्दै छौं । केहीको शव फेला परेको पनि छ ।’

धौलागिरी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष राजाराम सुवेदीका अनुसार पहिरोमा अलपत्र परेकामध्ये कल्लेनी क्षेत्रका ६० जनालाई छिमेकी ताकमको सिवाङमा, मराङ क्षेत्रका २ सय जनालाई राम्चेस्थित दलित सामुदायिक भवनमा र घन्टीवाङ, अर्वाङ क्षेत्रका १ सय ५० जनालाई जनविकास आधारभूत विद्यालयमा राखिएको छ । उनीहरुलाई स्थानीय आमा समूह, युवा क्लबले खानाको व्यवस्था गरेका छन् ।

मृतकहरुको सूची

धौलागिरी गाउँपालिका

१.तुलबहादुर केसी
२.प्रकाश केसी

३. नाम नखुलेका एक जना

मालिका गाउँपालिका
१. गौदेवी नेपाली (३० वर्ष)
२. विशेष नेपाली (५ वर्ष)

३. वीरबहादुर नेपाली (३१ वर्ष)

४. विष्णु नेपाली

५. सन्दीप नेपाली (५ वर्ष)

६. निशा नेपाली (२ महिना)

७. विष्णु पौडेल (४० वर्ष)

८. इच्छा शर्मा (५ वर्ष) छोरी

९. गीता रोका

रघुगंगा गाउँपालिका
१. ललितमान छन्त्याल

Related Articles

Back to top button
Close