International

म्यान्मारमा इन्टरनेट बन्द हुदा अफलाइन एप ब्रिजफाईको सहारा

काठमाडौँ । म्यानमारमा सैनिक शासन फर्किएपछि त्यहाँको सिभिल सोसाइटीको संगठन लोकतन्त्र बहालीको लागि प्रयास गर्ने तयारीमा जुटेको छ । आइतबार राति भएको सैनिक कू पछि देशमा कुनै ठुलो विरोध प्रदर्शनको खबर बाहिर आएको छैन तर नागरिक समाजमा रहेको तनावको चर्चा चलिरहेको छ ।

म्यानमारका युवाहरु अहिले अफलाइन मेसेजिंग एप ब्रिजफाईको माध्यमबाट अभियान चलाउने तयारी गरिरहेका छन् । हङकङको पत्रिका साउथ चाइना मर्निंग पोस्टको अनुसार, दुई दिनमा छ लाख भन्दा धेरै यस एपलाई डाउनलोड गरिएको छ ।

हङकङको चीन विरोधी समूहले आफ्नो आन्दोलनको क्रममा यस एपको प्रयोग गरेको थियो । सोमबार म्यानमारको सैनिक शासकले पुरै देशमा इन्टरनेट सेवा बन्द गरेको थियो । पछि इन्टरनेट पुन सुचारु गरिएको थियो तर यसै बीच ठुलो संख्यामा ब्रिजफाई एप डाउनलोड गरिएको हो ।

यस एपलाई मेक्सिकोस्थित एक कम्पनीले तयार गरेको हो । उक्त कम्पनीले मंगलबार ट्वीटमा लेखेको छ, “हामीलाई आशा छकी यस कठिन समयमा यो एप म्यानमारको मानिसको काम आउनेछ ।” सैनिक कू पछि यङ्गून र राजधानी नेयपीडो वरपरको क्षेत्रमा इन्टरनेटको सबै सेवा तथा फोन सेवा केहि समयको लागि बन्द गरिएको थियो ।

त्यसपछि सामाजिक कार्यकर्ताले मानिसहरुलाई ब्रिजफाई एप डाउनलोड गर्न भनेका थिए ।

कार्यकर्ताहरुको अनुसार, भविष्यमा सैनिक शासकहरुले इन्टरनेट बन्द गर्ने पहल लगातार उठाउन सक्छन् र त्यसैले आपसमा संवाद कायम राख्नको लागि पहिला देखि नै तयारी गर्नुपर्दछ ।

ब्रिजफाई एप बनाउने कम्पनीको सहयोगीमा बिज स्टोन पनि हुन् । स्टोन ट्वीटरका सह-संस्थापक थिए । इस एपको प्रयोग थाइल्याण्डमा राजतन्त्र विरोधी प्रदर्शनकारीले पनि गरिरहेका छन् ।

यो एप ब्लुटुथको माध्यमबाट काम गर्दछ । यसले सन्देश आदान-प्रदानको लागि मेश नेटवर्क्सको प्रयोग गर्द्छ । यस एप सबै भन्दा धेरै ती देशहरुमा लोकप्रिय भएको छ जहाँ शासकले इन्टरनेट सेवामा प्रतिबन्ध लगाएका छन् ।

विशेषज्ञहरुको अनुसार, सुरक्षा एजेन्सीहरु यस एपको माध्यमबाट हुने संदेशको आदान-प्रदानमा निरीक्षण पनि गर्न सक्छन् । ब्रिजफाई जस्तै अर्को एप हो, फायरच्याट, जसलाई ईरान र इराकमा सत्ता विरोधी संगठनहरुले व्यापक प्रयोग गरिरहेका छन् ।

बेलायती पत्रिका “द गार्जियन” को अनुसार, मंगलबार, म्यानमारमा धेरै मानिसले सामाजिक संजालमा आङ सान सूकीको लागि समर्थन गरेका छन् । केहि मानिसले सामाजिक संजाल माध्यममा ब्यारीयार तोड्ने प्रयास गरेको तस्वीर सार्वजनिक गरेका छन् ।

म्यानमारमा यसलाई सैनिक शासनको विरोधको प्रतिकको रुपमा मानिन्छ । एक दशक पहिला सैनिक शासनको क्रममा यस्तै तस्वीरको माध्यमबाट विरोध जनाएका थिए ।

द गार्जियनको एक रिपोर्टको अनुसार, म्यानमारको दर्जनौं अस्पतालमा डाक्टर तथा नर्सहरुले तथा अन्य स्वास्थ्यकर्मीले सैनिक शासनमा काम नगर्ने बताएका छन् ।

संसदको लागि निर्वाचित करिब चार सय सदस्यहरुलाई आफ्नो सरकारी आवासमा रहन निर्देशन दिइएको छ । सांसदहरुलाई एक अर्कासंग कुराकानी गर्न र फोनमा देशको अन्य क्षेत्रमा रहेका मानिससंग सम्पर्क गर्न अनुमति दिइएको छ तर उनीहरुलाई परिसर भन्दा बाहिर निस्किन दिइएको छैन ।

सम्बन्धित समाचार

म्यान्मारमा इन्टरनेट बन्द हुदा अफलाइन एप ब्रिजफाईको सहारा

काठमाडौँ । म्यानमारमा सैनिक शासन फर्किएपछि त्यहाँको सिभिल सोसाइटीको संगठन लोकतन्त्र बहालीको लागि प्रयास गर्ने तयारीमा जुटेको छ । आइतबार राति भएको सैनिक कू पछि देशमा कुनै ठुलो विरोध प्रदर्शनको

म्यान्मारको सैनिक ‘कू’ विगत र भविष्य

काठमाडौं । म्यान्मारको सेनाले निर्वाचित सरकारलाई सत्ताको वागडोल सम्हाल्न नदिई सोमबार एक वर्षको सङ्कटकालको घोषणा गरिएको छ । यहाँका निर्वाचित नेताहरू आङ सान सुकी, राष्ट्रपतिलगायतका दर्जनौं वरिष्ठ राजनीतिज्ञहरूलाई सुरक्षा नियन्त्रणमा

म्यान्मारमा यसपटक लोकतन्त्रको पुनर्बहाली किन कठिन छ ?

काठमाडौँ । म्यान्मारमा भएको सैनिक कू ले सत्ता परिवर्तन भएपछि यस पटक लोकतन्त्रको पुनर्बहाली कठिन हुने र लोकतन्त्रको लडाई सजिलो नहुने देखिन्छ । यसको प्रमुख कारण अन्तराष्ट्रिय स्थिति हो र म्यान्मारको

सुकीसहितका नेताहरुलाई रिहा गर्न एनएलडीको आग्रह

याङ्गुन । म्यान्मारको सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले सेनाद्वारा नियन्त्रणमा लिइएका आफ्ना नेताहरुलाई तत्काल रिहा गर्न माग गरेको छ । एनएलडीले मंगलबार वक्तव्य जारी गर्दै पार्टीकी नेतृ आङ्साङ्

Related Articles

Back to top button
Close