International

ब्रेकिङ्ग नेपालले नयाँ नक्सा जारी गरेपछि विरोधमा भारतले पठाएको थियो ‘कुटनीतिक नोट’के यस्तो भाकुम्फुसे नोटले हामी झुक्छु र

काठमाडौं, २५ असार । नेपालले लिम्पियाधूरा, लिपुलेक र कालापानी समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेकोप्रति छिमेकी राष्ट्र भारतले औपचारिक कुटनीतिक पत्र पठाएर विरोध जनाएको खुल्न आएको छ ।

राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बिहीबारको बैठकमा भारतले कूटनीतिक नोट पठाएको समिति सभापति रामनारायण बिडारीले जानकारी दिनुभएको हो ।

भारतले यही असार १० गते नेपाल सरकारलाई कूटनीतिक नोट पठाएको जानकारी परराष्ट्र मन्त्रालयले राष्ट्रिय सभाको संसदीय समितिलाई जानकारी दिएपछि यो कुरा सार्वजनिक भएको हो । भारतले नेपाललाई कूटनीतिक नोट पठाएर विरोध जनाएको बारे सरकारले औपचारिक जानकारी भने दिएको थिएन ।

छिमेकी राष्ट्र भारतले नेपाली भूमि (लिम्पियाधुुुरा, लिपुलेक र कालापानी)लाई उसको नक्सामा राखेपछि नेपालको परराष्ट्र मन्त्रालयले भारतसँग वार्ताका लागि तीनपटक चिठी लेखेको तर भारतले कुनै पनि प्रतिक्रिया नदिएको जानकारी यस अघि गराइएको थियो ।

तर, नेपालले नयाँ रानीतिक नक्सा जारी गरेपछि भने भारतले असार १० गते कूटनीतिक नोट लेखेर विरोध गरेको परराष्ट्र मन्त्रालयले जानकारी गराइएको बताइएको छ ।

नेपाली भूमि लिम्पियाधुरा हुँदै तिब्बतको मानसरोवर जाने सडक निर्माण गरी उद्घाटन गरेपछि नेपालले विरोध जनाएको थियो । तर, भारतले भने आफ्नै भूमिमा सडक निर्माण गरेको दाबी गर्दै आएको थियो । त्यस्तै, यस विषयमा नेपालका केही कुरा भएमा कोरोना महामारीको प्रकोप सकिएपछि वार्ता गर्ने भन्दै टार्दै आएको थियो ।

Related Articles

Back to top button
Close