Intresting

NCLL प्रेमीहरुको लागी खुसीको खबर एनसेलले ल्यायो ‘ननस्टप युट्यूव’ अफर

काठमाडौं, २३ असार । एनसेलका सबै फोरजी ग्राहकहरुले अब युट्युबबाट भरपुर फाइदा लिन सक्ने भएका छन् । एनसेलको प्राइभेट लिमिटेडले आफ्नो नयाँ ‘प्लस’ थिमअन्तर्गत आफ्ना फोरजी ग्राहकहरुका लागि ‘ननस्टप युट्यूव’ अफर ल्याएको हो ।

एनसेलको ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उद्देश्य लिएको जनाएको छ ।

प्लस’ थिम अन्तर्गतको ननस्टप युट्यूव अफरमा ग्राहकले निश्चिन्त रुपमा मात्र रु १०० (करसहित मात्र रु १२७.६९) मा एक साताका लागि ४८० पी मा युट्यूब भिडियो सामग्रीहरुकोे मज्जा लिन सक्ने भएका छन् ।

यसका साथै यस अफरमा ग्राहकले ४ जीवी फोरजी अल टाइम अल नेटवर्क डेटाको पनि फाइदा लिन सक्ने जानकारी गराइएको छ ।

फोरजी नेटवर्कमा ननस्टप युट्यूव र ४ जीवी अल टाइम अल नेटवर्क डेटा सूचारु भएको दिनबाट ७ दिनको लागि मान्य रहने जनाइएको छ ।

साथै यो प्याक सूचारु गर्ने ग्राहकले फेसबुक र टिकटकको लागि सुलभ दरमा छुट्टा छुट्टै आकर्षक प्याक पनि लिन सक्ने जानकारी गराइएको छ ।

Related Articles

Back to top button
Close