यी दुई बाल बैज्ञानिक जस्ले आविष्कार गरे अमेरिकाबाट नेपालमा बत्ति बाल्ने/निभाउने मिल्ने अनौठो प्रविधि (भिडियोसहित)
भक्तपुर। दाङ जिल्ला घोराही नगपालिकाका दुई बाल बैज्ञानिक अहिले काठमाडौँ आएका छन्। पद्मोउदय विद्यालयमा कक्षा १० मा अध्ययनरत उनीहरु सानै देखिका साथी हुन्। सन्दिप बुढाथोकी र परिक्षित धिताल उनीहरुको नाम हो।सानै देखि विज्ञानमा रुचि राख्ने उनीहरु घरको पुरानो टर्च लाइट बिगारेर बनाउने, रिमोट बनाउने गर्दथे। पाठयपुस्तक भन्दा पर रहेर सन्दीपले कलिङ स्विच बनाउने सोचे। हो मा हो मीलाएर यस कार्यमा परिक्षितले पनि उनलाई साथ दिए। ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
आफ्नो घरमा पनि तान्ने मोटर चलिरहेको छ र सोहि समयमा कामविशेषले बाहिर जानु पर्यो भने निर्धक्क भएर जाँदा हुन्छ। जुन सुकै ठाउँमा रहेर पनि एक कल अथवा एक मेसेज गरेर उक्त मोटर बन्द गर्न सकिन्छ। यसकारण उनीहरुले बनाएको उक्त प्रविधिलाई उनीहरुले कलिङ स्वित्च नाम दिएका हुन्।कलिङ स्विच बाहेक उनीहरुले सानो मिनी ड्रोन र अटोमेटिक अन अफ सिस्टम आविष्कार गरेका छन्। अटोमेटिक अन अफ सिस्टमले तार बाहिरबाट नै करेन्ट पास भएको छ कि छैन भन्ने कुरा सजिलै थाहा पाउन सकिन्छ।
अरु थप प्रविधिको आविष्कार गर्ने उनीहरु दुईको सोच छ। आवश्यक सामान उनीहरुको बासस्थानमा नपाइने भएकोले उनीहरु अहिले सामान लिन पनि काठमाडौँ आएका हुन्।
यो पनि पढ्नुहोस : चोर पत्ता लगाउने, फोन गरेर खाना पकाउने लगायतका उपकरण आविस्कार
रुकुम । रुकुम पश्चिमका एक व्यक्तिले इलेक्ट्रिक सामग्रीको सहयोगमा घरमा पसेको चोरदेखी फोन मार्फत खाना पकाउन सकिने उपकरणको आविस्कार गरेका छन् । मुसिकोट नगरपालिका वडा नम्बर ११ का बसन्त ओलीले ४० भन्दा बढी उपकरणको आविस्कार गरेको दावी गरेका छन् । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
इलेक्ट्रोनिक सव ईन्जिनिएर तेस्रो वर्षमा अध्ययनरत २१ वर्षिय ओलीले शुक्रवार सदरमुकाम मुसिकोट स्थित पत्रकार सम्मेलनको आयोजना गरी यस्तो बताएका हुन् । करिब एक वर्ष अघिबाट विभिन्न आश्चर्यजनक प्रविधिको आविस्कार गरेका ओलीले सबैलाई चकित पार्ने उपकरणको आविस्ककार गरेका छन् । उनले फोन मार्फत जुनसुकै ठाउँमा रहेर पनि राईस कुकरमा खाना पकाउन सकिने उपकरणको आविस्कार गरेका छन् ।
फोन गरेर राईसकुकर, फ्रिज लगायतका केही उपकरणलाई अन अफ गर्न सकिने छ । यस्तै घरमा कोही नभएको बेला चोर पसेको पत्ता लगाउन सकिने, सेक्युरिटी सिस्टम, वाटर सेल्सर, पाँच मिटर टाढाबाट बत्ति अन अफ गर्न सकिने उपकरण पनि निर्माण गरेका छन् । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******