International

साउदी अरेबियाले ३ महिनाका लागि भिषा र आवाशीय अनुमति निशुल्क थपिदिने

एजेन्सी, २२ असार । साउदी अरेबियाले तीन महिनाका लागि भिसा र आवाशीय अनुमति कुनै शुल्क नलगाई थपिदिने घोषणा गरेको छ। गृह मन्त्रालयले आइतबार आफ्नो विज्ञप्तिमा कोरोना महामारीका कारण आम मानिस, व्यापारी, निजी क्षेत्र र लगानीकर्तामा पर्ने प्रभाव घटाउने उद्देश्यका साथ यो निर्णय भएको उल्लेख गरेको छ।

भिसा र आवशीय अनुमतिको अवधि कोरोना महामारीको समयमा समाप्त भएकाहरुको हकमा यो नियम लागू हुने बताइएको छ । फर्किनका लागि भिसा प्रदान गरिए पनि प्रयोग गर्न नपाएकाहरु, यस अवधिमा देशबाट बाहिर आएका आप्रवासीहरूको भिसा यात्रा प्रतिबन्धको कारण समाप्त भएको भने र साउदी अरेबिया भ्रमण गर्ने भिसामा आएका आवागमन अनुमतिलाई तीन महिनाको लागि थप गर्ने निर्णय साउदी अरेबिया सरकारले गरेको हो ।

साउदी प्रेस एजेन्सका अनुसार यो नियमहरूको समीक्षा गरिने र आवश्यकता अनुसार परिवर्तन गरिनेछ । गत बिहीबार साउदी सुल्तान सलमान बिन अब्दुल अजीजले आर्थिक गतिविधि र निजी क्षेत्रमा महामारीको प्रभाव घटाउन सरकारी योजनाहरु विस्तार गर्ने घोषणा गरेका थिए

Related Articles

Back to top button
Close