News

खुशीको खबर, कोरोना सङ्क्रमणमुक्त जिल्ला भयो भयो ओखलढुङ्गा

ओखलढुङ्गा-कोरोना सङ्क्रमण देखिएका ओखलढुङ्गाका एक युवाले कोरोना जितेर घर फर्किएका छन् । कामको सिलसिलामा भारत रहेका उनी ३० गते घर आएका थिए । उनलाई असार ७ गते क्वरेण्टीनमा रहेको समयमा कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो ।

जिल्लाको पहिलो सङ्क्रमित २८ वर्षीय ति युवा १४ दिन उपचारपछि निको भएर घर फर्किएका हुन् । सोमबार बिहानसम्म ती युवाबाहेक जिल्लामा अरुलाई कोरोना सङ्क्रमण देखिएको छैन । ति युवा डिस्चार्ज भएसँगै ओखलढुङ्गा सङ्क्रमणमुक्त भएको छ ।

Related Articles

Back to top button
Close