५९ यात्रु लिएर उडेको विमान दुर्घटनाग्रस्त, खोजी कार्य जारी
जाकार्ता, २५ पुस -इन्डोनेसियाको श्रीविजवा विमान शनिबार यात्रुसहित उडेको केही समयमा नै दुर्घटनाग्रस्त भएको छ ।इन्डोनेशियाको राजधानी जकार्ताबाट छ बालबालिकासहित ५९ यात्रु लिएर उडेको श्रीविजया एअर बोइङ ७३७ विमान देशको पश्चिमी कालिमान्तन प्रान्तको पोन्टिआनक जाने क्रममा दुर्घटनाग्रस्त भएको हो ।उडानहरूको विवरण राख्ने वेवसाइट फ्लाइटरडारडटकमका अनुसार एक मिनेटभन्दा कम समयमा उक्त विमानले तीन हजार मिटर तल झरेको बताइएको छ ।
स्थानीयहरूले केही व्यक्तिहरू पानी तैरिइरहेको देखिएको उनीहरू जीवित हुने आशा क्षीण रहेको साथै ती विमानका यात्रु रहेको हुनसक्ने बताएका छन् ।विमानका भग्नावशेषझैँ देखिने तस्बिरहरू स्थानीय टेलिभिजन र सामाजिक सञ्जालमा देखाइएको छ तर ती वेपत्ता विमानका नै भग्नावशेष हुन् भनी पुष्टि गर्ने कुनै प्रमाण भेटिएको छैन ।राजधानी जकार्ताबाट उडेको उक्त विमानसँग अन्तिमपटक स्थानीय समय अनुसार २ बजेर ४० मिनेट जाँदा सम्पर्क भएको बताइएको छ । (रासस÷सिन्ह्वा)
READ MORE,
हिन्दू धर्मशास्त्रमा शुभ र अशुभ विषय बारे उल्लेख गरिएको पाउन सकिन्छ।अहिलेको वैज्ञानिक युगमा यस्ता कुराहरुमा विश्वास नगर्नेको संख्या उल्लेख्य छ तर केहीले भने यस्ता कुरुालाई सही मान्छ जिवनमा विभिन्न कालखण्डमा आउने विभिन्न संकेतले शुभ र अशुभ कुराबारे जानकारी दिने धर्म शास्त्रहरुमा उल्लेख गरिएको छ ।त्यस्ता संकेतमा भविष्यमा हुने घटना परिघटनाका बारेमा सूचना प्राप्त गर्न सकिन्छ।यस्तै खालका संकेतकामा सपना पनि एक माध्ययम हो । केही संकेत यस्ता हुन्छन जसले हामीलाई धन प्राप्त हुने बारेमा पहिले नै बताई दिन्छन् ।
त्यस्ता संकेतलाई सम्झनु आवश्यकता हुन्छ । केही यस्ता संकेत छन् जसले भविष्यमा कसरी धन प्राप्त हुन्छ भन्ने कुराहरुको बारेमा पहिलेनै संकेत दिने मान्यता रहेको छ ।विहीबारको दिन कुनै कुमारी कन्यालाई पहेँलो बस्त्रमा देख्नु भयो भने पनि शुभ संकेत मान्नुहोस् तपाईलाई धन लाभ हुन सक्छ ।
यदी तपाईंको दाहिने भागमा या सिधा हातमा लगातार चिलाई रह्यो भने सम्झनुहोस् तपाईंलाई धन प्राप्त हुन सक्छ ।जो व्यक्ति सपनामा मोती,गगा,हार,मुकुट देख्छ उसको घरमा सधैं लक्ष्मीको बास हुन्छ । जसले सपनामा कुमालेले घैँटो बनाएको देख्छ उसलाई पनि धन प्राप्त हुन सक्छ । जो मानिसले आफुलाई टाउको खुइलिइएको अवस्थामा देख्छ उसलाई पनि धन प्राप्ति हुन सक्छ ।
यदी तपाई धन सम्बन्धी कामको लागि बाहिर जान कपडा लगाउँदै गरेको अवस्थामा तपाईंको हातबाट पैसा खस्यो भने तपाईंलाई धन प्राप्ति हुन सक्छ । विहान सुतेर उठेको बेलामा यदी कोही मगन्ते या जोगी तपाईंको ढोकामा आयो भने त्यसलाई खाली हात नफर्काउनुहोस् । किनकी तपाईलाई नमागीकनै धन प्राप्ती हुन सक्छ ।सपनामा होस या विपनामा कहिँ जान लागेको समयमा या यदी कसैले न्याउरी मुसाले बाटो काटेको सपना देख्यो भने अथवा सुतेर उठ्दै गरेको बेलामा न्याउरी मुसालाई देख्नु भयो भने गोप्य धन प्राप्त हुने सम्भावना हुन्छ ।