Intresting

विश्वकै सबैभन्दा सानो गाई, शेयर गर्नुहाेस

काठमाडौँ / हालै अमेरिकामा एउटा एकदमे सानो गाई भेटिएको छ । सामान्य गाईको तुलनामा यो गाईको तौल ४.५ किलो रहेका छ । यो गाई विश्वकै सबैभन्दा सानो गाई हो । सामान्य गाईभन्दा १० हिस्सा सानो यो गाईको नाम लिटिल बिल हो । यो बाच्छोलाई जन्मने बित्तिकै अमेरिकाको मिसिसिपी स्टेट यूनिभर्सिटी कलेज अफ भेटेरिनरी मेडिसिनमा लगिएको थियो ।

गाईको मालिकले गाई बि’रामी भएको हुनसक्ने भन्दै भेटेनरी लगेका थिए । तर, चिकित्सकले गाई पूर्ण स्वस्थ रहेको बताएका छन् । गाई सामान्य गाईको तुलनामा सानो मात्रै भएको अन्य कुनै रोग नभएको चिकित्सकले बताएका छन् ।

अस्पतालमा यस्तो विचित्रको गाई हेर्न भीड जम्मा भएको थियो । चिकित्सकले गाईको एक तस्विर पनि आफ्नो फेसबुक फेजमा शेयर गरेका छन् । गाई किन यति सानो भएर जन्मियो भनि चिकित्सकले अनुसन्धान गरिरहेका छन् । #LilBill भनि अहिले यो गाई सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

Related Articles

Back to top button
Close