Health

एक सातामा विदेशमा रहेका १३ काेराेना संक्रमित नेपालीकाे मृत्यु

काठमाडौं- विदेशमा रहेका काेराेना भाइरस संक्रमित थप १३ जना नेपालीकाे ज्यान गएकाे छ। कोरोनाकाे संक्रमणले यो साता थप १३ जनाको ज्यान गएको हाे।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार युएईमा थप ६ जना, भारतमा ५ जना, ओमानमा १ जना, कुवेत १ जना गरी १३ जना नेपालीको ज्यान गएको हो।

समितिका अनुसार शनिबार साँझसम्म नेपाल बाहिर १४ देशमा १ सय ४३ जना नेपालीको कोरोना संक्रमणले ज्यान गएको हो। हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, ओमानलगायत देशमा रहेका नेपालीहरुको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको छ।

एनआरएनए स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो साता विदेशमा मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना संक्रमणको बढ्ने दर न्यून हुँदै गइरहेको तथ्यांकले देखाएकाे छ।

समितिका अनुसार शनिबार साँझसम्म विदेशमा २८ हजार ९ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ भने २५ हजार २ सय २६ जना गैरआवासीय नेपालीमा कोरोना निकाे भएकाे भएकाे छ।

कोरोना अपडेट : निको हुनेको संख्या ६० लाख ४४ हजार, के छ सार्क राष्ट्रको अवस्था?
गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण
देशभर १५ हजार ४९१ कोरोना संक्रमित, कुन जिल्लामा कति?
शनिबार कुन जिल्लामा कति संक्रमित भेटिए?

यी ११ जिल्लामा पाँच सयभन्दा बढी कोरोना संक्रमित, महिला र पुरुष कति?
टिचिङमा उपचाररत ७५ वर्षीय कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३४ पुग्यो
नेपालमा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या १५४९१
१५ अगस्टसम्ममा भारतले बनाइसक्ला कोरोनाविरुद्धको खोप?
काेराेना महामारीलाई वेवास्ता नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

Related Articles

Back to top button
Close