News

कहिले खुसीको पल बिताउन पाएनन् एकैदिन विपदका १६ घटना भए, १० जनाको ज्यान गयो

काठमाडौँ, २१ असार । विगत २४ घण्टामा विपतका १६ वटा घटना भएका छन् । जसमा दश जनाको मृत्यु भएको छ । एकैदिन एक करोड दुई लाख ५०० रुपियाँ बराबरको धनमाल नष्ट भएको अनुमान गरिएको छ ।

जसमध्ये सबैभन्दा ठूलो घटना बझाङको केदारस्युँ गाउँपालिका गएको पहिरो रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । त्यहाँ पहिरोमा बेपत्तामध्ये छ जनाको शव फेला परेको छ । थप एकको अझै खोजी जारी छ । त्यस्तै सिन्धुपाल्चोकको पहिरोमा एकजनाको ज्यान गएको छ ।

बझाङमा पहिरोले घर बगाएपछि विचल्लीमा परेका १८ घरपरिवारलाई स्कुलमा राखिएको छ । गाउँ जाने बाटोमा रहेको खोलामा बाढी आएको र पानी परिरहेकाले उद्धार टोली पुग्नसमेत कठिनाइ भएको थियो । स्थानीय उद्धार टोली मध्यान्ह पुगेर काम थाले पनि हेलिकप्टरमा राहत र थप उद्धारको टोली पुर्याउन कठिन भएको प्राधिकरणका प्रमुख अनिल पोखरेलले बताउनुभयो ।

त्यस्तै सिन्धुपाल्चोकको पहिरोमा एकजनाको मृत्यु भएको छ भने सात लाख बराबरको धनमाल क्षति भएको छ । उता गुल्मीमा पनि पहिरो जाँदा दुई वटा गोठ र चौपायासहितको भौतिक क्षति भएको जनाइएको छ । याे खबर गाेरखापत्र दैनिकमा छ।

Related Articles

Back to top button
Close