International

उत्तर कोरियाली नेता किम जोङ–उनले कोरोना भाइरस (कोभिड–१९) रोक्न आफ्नो देश सफल भएको जनाएका छन् ।

सोल — उत्तर कोरियाली नेता किम जोङ–उनले कोरोना भाइरस (कोभिड–१९) रोक्न आफ्नो देश सफल भएको जनाएका छन् । राज्य नियन्त्रित समाचार संस्था केसीएनएका अनुसार किमले कोभिडविरुद्ध आफ्नो देशले उदाहरणीय सफलता प्राप्त गरेको भन्दै राज्य संयन्त्रको प्रशंसा गरेको जनाएको छ ।

पार्टीको पोलिटब्युरो बैठकमा बोल्दै किमले उत्तर कोरियाले ‘घातक भाइरसको प्रवाह रोक्न सकेको र स्थिर अवस्था कायम गरेको’ बताएका केसीएनएले जनाएको छ ।

करिब ६ महिनाअघि कोभिड–१९ संसारभर फैलन थालेपछि उत्तर कोरियाले आफ्ना सीमा बन्द गर्दै हजारौं मानिसलाई क्वारेन्टाइनमा राखेको जनाएको थियो । उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको संक्रमण नभएको दाबी गरेको छ । तर विश्लेषकहरूले भने उसको दाबीप्रति शंका व्यक्त गर्दै आएका छन् ।

किमले पोलिटब्युरो बैठकमा बोल्दै महामारीविरुद्धको ६ महिनाभन्दा लामो राष्ट्रिय संकटकालीन कामको विस्तृत विश्लेषण गरेका’ जनाइएको छ । बैठकमा बाल्दै उनले पार्टी केन्द्रीय समितिको दूरदर्शी नेतृत्व कोभिड–१९ नियन्त्रण गर्न सफल भएको’ बताएका केसीएनएले उल्लेख गरेको छ ।

लाई उद्धृत गर्दै केसीएनएले लेखेको छ । जनवरीको अन्त्यदेखि नै उत्तर कोरिया बन्द रहेको अवस्थामा कोभिड–१९ फैलिए वा नफैलिएको केही यकिन हुन नसकेको बीबीसीले जनाएको छ ।

यसअघि भाइरस संक्रमणका केही अपुष्ट विवरण सार्वजनिक भएका भए पनि राजधानी प्योङयाङको जनजीवन सामान्य रहेको सूचना बाहिर आएको छ । त्यसको अर्थ उत्तर कोरियामा भाइरसको संक्रमण देखिएकै भए पनि स्थिति सामान्य रहेको प्रस्ट हुन्छ ।

गत जनवरी ३० मा सीमा बन्द गरेको उत्तर कोरियाले राजधानी प्योङयाङमा सयौं विदेशीलाई क्वारेन्टाइनमा राखेको जनाएको थियो । त्यसका साथै उसले हजारौं उत्तर कोरियालीलाई पनि आइसोलेसनमा राख्न विद्यालयहरूसमेत बन्द गरेको थियो ।

उत्तर कोरियाले अहिले विद्यालयहरू खोलेको भए पनि सार्वजनिक भेलाहरूमा प्रतिबन्ध कायम राखेको थियो । त्यसका साथै सार्वजनिक स्थलमा मास्क लगाउन अनिवार्य गरेको थियो । विश्व स्वास्थ्य संगठनले उत्तर कोरियामा हालसम्म ९ सय २२ जनालाई परीक्षण गरिए पनि कसैमा पनि संक्रमण नदेखिएको जनाएको छ ।

Related Articles

Back to top button
Close