Intresting

लामो समयपछि स्कुल खुल्दा थाइल्याडका विद्यार्थीले अपनाए यस्तो सुरक्षा रणनीति

एजेन्सी, १९ असार । कोरोना महामारीको कारण लकडाउनमा रहेको विश्वका केही देशहरुमा लकडाउन खुकुलो बनाइने क्रम जारी छ । यसै क्रममा केही देशहरुले शैक्षिक संस्थाहरु पनि खोलिरहेका छन् ।

यस्तै थाइल्याण्डमा पनि स्कुल खुलेका छन् । थाइल्याण्डका साम खोक स्कुलका विद्यार्थीहरु स्कुलका कक्षामा देखिएका छन् । उनीहरुले कोरोनाबाट बच्नका लागि बनाइएको नियमलाई पूर्ण रुपले अपनाएका छन् ।

उनीहरु सूरक्षित कक्षा कोठा, फेसमा मास्क , सामाजिक दूरी र पूरानो मतपेटिका सुरक्षा कवचकोरुपमा प्रयोग गरेर र बिभिन्न नीतिनियमहरुलाई अपनाएर स्कुलमा उपस्थित भएका छन् । थाइल्याण्डका स्कुलमा विद्यार्थीहरुले कक्षा लिइरहका केही तस्वीरहरु बाहिरिएका छन् ।

थाई सरकारले स्कुललाई कोरोनाबाट बचाउनका लागि एक सुरक्षित विद्यालय बनाएर सञ्चालन गर्न दिएको छ । जहाँ आइसोलेसन, सामाजिक दूरी र मुखमा माक्स जस्ता उपायहरु अपनाउन लगाएको छ ।

जुलाई १ देखि थाईल्याण्डको पथम थानी प्रान्तमा राष्ट्रव्यापी विद्यालयहरू खुलेका छन् ।

 

Related Articles

Back to top button
Close