Video

आफ्ना मिल्ने साथी सुशान्तको निधनपछि फ्यानलाई पनि रुवाउने गरी गीत गाइन् नेहाले, उनले गाउँदा देख्नेहरु पनि सँगै रोए (भिडियो)

एजेन्सी । भारतीय लोकप्रिय गायिका नेहा कक्कर अझै चर्चामा आइन् जतिबेला उनको प्रेमीसँग प्रेकअप भयो । प्रेमी हिमांश कोहलीसँग ब्रेकअप भएपछि निकै भावविह्वल अवस्थामा सामाजिक संजालमा प्रस्तुत भएकी उनले आफ्नो ब्रेकअपको विषय नै समेटेर निकालेको गीतले औधी चर्चा बटुल्यो ।

नेपाली मुलका गायक आदित्यसँग बिबाह गर्न लागेको पनि यो जोडीले उनीहरुले संचालन गरेको कार्यक्रम हिट बनाउनका लागि गरे । हाल नेहाले बलिउडका लोकप्रिय नायक सुशान्त सिंह राजपुतको संवेदनामा बोलेकी छिन् ।

नेहाले बलिउडकी चर्चित गायिका नेहा कक्कडले इन्टाग्राम मार्फत सुशान्तलाई श्रद्धाञ्जली दिएकी छिन् । उनले आफ्नो प्रिय साथी सुशान्तको लागि गीत गाउँदै सबैलाई भावुक बनाएकी छिन् ।

उनले सुशान्तको भन्दा खराब दिनको सामना गरेको भएता पनि आँफुहरुले जीन्दगीसँग भने हार नमानेको बताएकी छिन् । उनले भनेकी छिन्, सुशान्तले भन्दा बढी दुख त हामी ३ जना ९नेहा सोनु र टोनी० ले जति संघर्ष त कसैले पनि गरेको छैन ।

 

Related Articles

Back to top button
Close