Health

छाला सम्बन्धी समस्या भए डाक्टर सुचनासँग अनलाइन परामर्श लिन सकिने

काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस अहिले नेपालमा पनि देखिएको छ । नेपालमा यस भाइरसका संक्रमितहरु दिनानुदिन बढ्दै गइरहेका छन् । यस्तो अवस्थामा आफु र आफ्नो परिवार कोरोनाबाट बच्न नियमित साबुन पानीले हात धुने, बाहिर सकेसम्म ननिस्कने यदि निस्कनु परे मास्क र पञ्जा लगाएर निस्कने, सामाजिक दुरी कायम गरी बस्ने, खानेकुरा सफा गरेर मात्र खाने, तातोपानी पिउने आदि गरेमा कोरोनाबाट बच्न सकिन्छ । यदि कोरोना संक मिल्दो लक्षण देखिए नआत्तिई स्वास्थ्य चौकीमा सल्लाह लिने गर्नुपर्दछ ।

अहिले कोरोनाका कारण धेरैलाई मेडिकल र स्वास्थ्य सस्थामा जान पनि डर भइरहेको छ । यस्तो अवस्थामा केहि समस्या भएमा अनलाइनमार्फत पनि डाक्टरसँग परामर्श दिन सकिन्छ । यस्तै यदि तपाइलाई छाला सम्बन्धि कुनै समस्या भएमा छालारोग विशेषज्ञ डाक्टर सुचना मरहठ्ठासंग परामर्श लिन सकिन्छ । डाक्टर सुचनाले अनलाइन परामर्शको लागी फेसबुक पेज बनाएकी छिन् ।

उनले फेसबुकमा लेखेकी छिन् – ‘जानकारीको लागि: एउटा कत्व्यनिष्ठ छालारोग विशेषज्ञको हैसियतले मैले यस कोभिड -19 लकडाउनको बिषम परिस्थितिलाई ध्यानमा राखी, कोही कसैले पनि छालारोगको समस्याबाट पिंडित हुन नपरोस् भन्ने सोचेर अनलाइन परामर्शको लागी यो फेसबुक पेज बनाएकी छु। जो कोहीले पनि यो पेजको मेसेज बक्समा गई आफ्ना छालारोग सम्बन्धि समस्या राख्न सक्नुहुन्छ। यो खबरलाई सक्दो सेयर गरी आवश्यक व्यक्ति सम्म पुर्याउनु होला। साथै; यो पेजमार्फत म छालारोग सम्बन्धि बिभिन्न जनचेतनामूलक सामग्रीहरू पनि पस्कदै जाने जमर्को गर्नेछु।’ “यहाँहरूको चर्म; स्वस्थ राख्नु मेरो धर्म”

Related Articles

Back to top button
Close