IntrestingNews

बैतडीको पञ्चेश्वरमा सशस्त्रको बिओपी स्थापना

बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं १ रोलघाटमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना भएको छ । उक्त बिओपीको औपचारिक उद्घाटन सुदूरपश्चिम सशस्त्र प्रहरी नायव महानिरीक्षक हरिशंकर बुढाथाकीले गर्नभएको हो । तस्वीर ः विनोद सिंह विष्ट, रासस

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनको प्रयास जति भए पनि हिजोको जस्तै आजको भोलि परिवर्तन हुनै नसक्ने बताएका छन्।

६९ औं मदन जन्मजयन्तीका अवसरमा आइतवार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यसो भनेका हुन्।

प्रधानमन्त्री ओलीले अन्य नेताहरुलाई बन्‍न हतार नगर्न पनि आग्रह गरेका छन्। पार्टी भित्रै चर्को आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीको यस्तो धारणा आएको हो। प्रधानमन्त्रीको जिम्मेवारीमा बस्‍न मन नभएपछि अहिले नेपालको पक्षमा बोल्ने हिम्मत भएको व्यक्ति नभएकाले आफ्नो आवश्यकता रहेको आशय उनले व्यक्त गरे।

प्रधानमन्त्रीको जिम्मेवारीमा बस्‍न मन छैन। तर यति बेला म हट्ने हो भने नेपालको पक्षमा बोल्ने आँट कसैलाई आउने छैन’, उनले भने, किनभने भोलीपल्ट बर्खास्त हुन्छ। त्यसैले आजका लागि होइन, भोलिका लागि। आफ्ना लागि देशका लागि। र हाम्रो पार्टी हाम्रो संसदीय दल यस्ता बहकाउमा लाग्‍नेवाला पनि छैन। नबुझ्ने अञ्जन खेलमा सामेल हुने पनि छैन।

प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र ५८ वर्षदेखि खोसिएकाले फिर्ता ल्याउने बताएका छन् । ६९ औं मदन भण्डारी जन्मजयन्तीका सन्दर्भमा प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा आयोजित कार्यक्रममा उनले आफ्नो जमिन खोसिएको छ, फिर्ता ल्याउनुपर्छ भनेर नेपालले कुनै गल्ती नगरेको बताए ।

तपाईंले सुन्नुभएको होला हप्ता–पन्ध्र दिनमा प्रधानमन्त्री परिवर्तन हुन्छ, गरिन्छ । भारतीय मिडियाको बहस, त्यहाँका बुद्धिजीवीहरूको कुराकानी सुन्नुभएको होला । कसरी भारतको राज्य संयन्त्र, अचम्मसँग सक्रिय छ । लडाइँमा हामीले हार्‍यौं । हाम्रो सीमा अलि खुम्चियो । हामीले १८२६ को मार्चमा अन्तिम सम्झौतामा दस्तखत गर्‍यौं, त्यसको सीमामा हामी खुम्चिएर बस्यौं, उनले भने ।

नेपालका नेताहरू पनि बहसमा लागेको भन्दै आश्चर्यचकित भए । तपाईंहरूले सुन्नुभएको छ, कतिपय पार्टीका नेताहरू उता (लिम्पियाधुरा क्षेत्र, कुटी, नाभी, गुञ्जी) जनसंख्यासँग हाम्रो पहुँच कटेको छ । १९६२ देखि सेना राखेर उता जानै दिएको छैन । त्यहाँका जनतासँग सम्पर्कै दिएको छैन । उताका जनताका लागि केही गर्नै दिएको छैन । नागरिकता कसको छ ? रासनकार्ड कसको छ भन्ने प्रश्न नेपालको नागरिकताधारीहरूले उठाइरहेका छन्,उनले भने ।

खल्तीमा नागरिकता नेपाली, तर्क अरूको पक्षबाट गरिरहेको छ भन्दै ‌ओली आश्चर्य पनि व्यक्त गरे । १९६२ बाट सेना राखेपछि कसरी उताका नागरिकसँग हाम्रो पहुँच स्थापित हुन्छ ? उनले प्रश्न गरे ।

हिमालय एयरलान्सले असार २५ गते चिनबाट नेपालीहरुको उद्दार गर्ने

हिमालय एयरलाइन्सले जुलाई ९ अर्थात असार २५ गते चिनबाट नेपालीहरुलाई स्वदेश ल्याउने भएको छ ।

एअरलाइन्सले आज एक विज्ञप्ती जारी गर्दै असार २५ गते चिनको टियांजिनबाट यात्रुहरु उद्दार गरेर ल्याउन लागेको जानकारी दिएको हो ।

त्यहाँबाट काठमाडौंसम्म आउनको लागि प्रतियात्रु भाडा ६९९ अमेरिकी डलर तोकिएको छ ।

यात्रुहरुले टिकट काट्नुअगावै आफू कोरोना नेगेटिभ भएको रिपोर्ट पेश गर्नुपर्नेछ र नेपाल आएपछि सरकारले तोकेअनुसार क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ ।

नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्सले विदेशमा रहेका नेपालीहरुको उद्दार गर्दै आइरहेका छन् ।

थप जानकारीको लागि तलको विज्ञप्ती हेर्नुहोला ।

नेकपा विभाजन नहुने, ओली पाँचै वर्ष प्रधानमन्त्री रहने:

काठमाडौँ- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्र देखिएको संकट तत्कालका लागि टरेको छ । आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबिचको निर्णायक भनिएको वार्ता सकारात्मक निष्कर्षमा सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको बैठकमा दुवै अध्यक्षले मन माझामाझ गरेका थिए ।

छलफलमा दुवै अध्यक्षले पछिल्ला घटनाक्रमबारे खुलस्त छलफल गरेको र दुवै पक्षले वातावरणलाई सकारात्मक दिशातर्फ लैजान प्रयास गरिएको बताइएको छ। मङ्सिर ४ मा भएको समझदारी, त्यस यताका घटनाक्रमबारे दुई अध्यक्षबिच छलफल भएको थियो ।

शुक्रवार दुई अध्यक्षबिच करिब ४ घण्टासम्म भएको छलफलमा पार्टी महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मासमेत सहभागी थिए। पार्टी एकता प्रक्रिया लगायत यसअघिका निर्णायक वार्ताहरूमा सक्रिय रहेका पौडेल र शर्मालाई समेत साक्षी राखेर गरिएको शुक्रबारको लामो वार्ता निर्णायक हुने अपेक्षा गरिएको थियो।

स्रोतका अनुसार दुई अध्यक्षबिच भएको छलफलमा पुराना केही सहमति कार्यान्वयन गर्दै केही नयाँ सहमति हुने भएको छ । अब हुने सहमति भने लिखित हुने भएका छन् ।

स्रोतले जनाए अनुसार, पुराना सहमति मध्ये मङ्सिर ४ मा भएका सहमतिलाई कार्यान्वयन गर्ने जसअनुसार अध्यक्ष प्रचण्डलाई पूर्ण कार्यकारी अधिकार दिने र पार्टी संचालनमा दखल नगर्ने भनिएको छ ।

त्यस्तै सोही सहमति अनुसार प्रधानमन्त्री ओलीले पुरै कार्यकाल सरकार चलाउने तर पार्टीको म्यान्डेट बाहिर जान नपाइने, सरकार संचालनका लागि ५ सदस्यीय कार्यदल गठन गर्ने कार्यदलमा पार्टीका शीर्ष नेताहरू वरिष्ठ नेताद्वय माधव कुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम लगायतका नेता रहने बताइएको छ ।

नयाँ सहमति अनुसार केही मन्त्रीहरू (कार्यदक्षताका आधारमा) परिवर्तन गर्ने, केही मुख्यमन्त्रीहरू परिवर्तन गर्ने, पार्टीका मुख्य पाँच नेताहरूले कार्यदल बनाएर सरकार संचालनमा सहजीकरण गर्ने, प्रधानमन्त्री ओलीले कार्यदलले दिएको सुझाव अनुसार सरकार संचालन गर्ने सहमति भएको र केही नयाँ सहमति शनिवार बिहान गर्नेगरी शुक्रबारको बैठक सकिएको छ । शनिबार बिहान स्थायी कमिटिको बैठक अगाडी सहमतिहरू टुंग्याउने छलफल भएको बताइएको छ ।

१० सालकी बालिका यस्तो अबस्थामा फेला! सारा गाउनै शोकाकुल

जनकपुर , १९ असार । धनुषामा दुई दिनदेखि बेप,त्ता एक १० वर्षीया बालिका मृ,तावस्थामा फेला परेकी छिन् । जनकपुर उपमहानगरपालिका २१ स्थित कुर्थामा रहेको दूधमती नदीको किनारामा १० वर्षीया बालिका कन्चनकुमारी पजियारको शुक्रबार बिहान खेत छेउकै दूधमती नदीमा मृ,तावस्थामा फेला परेकी हुन् ।

स्थानीयले बालिकाको बला,त्कारपछि ह,त्या भएको हुन सक्ने आशंका गरेका छन् । अहिले घट,नास्थलमा प्रह,री पुगेर अनुस,न्धान थालेको छ । परिवारले बालिका बे,पत्ता भएसँगै खो,जतलासी गरेको थियो तर कतैपनि फेला नपरेपछि बिहीबार अस्थायी प्रह,री चौकी कुर्थामा उ,जुरी दिएका थिए ।

प्रह,रीले घट,नाबारे अनुस,न्धान भइरहेको जनाएको छ । यता घट,नामा संलग्न हुन सक्ने आशं,कामा गाउँकै शम,सानमा बस्ने एक अघोरीलाई गाउँ,लेले नियन्त्र,णमा लिई धनुषा प्र,हरीलाई जि,म्मा लगाएका छन् ।

मृ,तक बालिकाको बुबा बिनोद पजियार पांँच परिवारसंगै कुर्थामा दैनिक मज,दूरी गरेर जीवन निर्वाह गर्दै थिए । बालबालिकालाई पालन पो,षण गर्न बिनोद गाउँको हाट बजारमा तरकारी बेच्ने गर्छन । अति विपन्न पजियारको घरमा यतिबेला शोकमा डुबेको छ भने, गाउँलेहरु आ,क्रोशित बनेका छन ।

आखिर किन लगाइन् यि युवतिले अजिंगरको माला ?

काठमाडौँ – कतिपय मानिसको अजिंगरलाई देख्दासाथ होश हवास नै उड्छ । तर कतिपय मानिसहरु भने अजिंगर लगायतका भयानक जनावरहरुसँग निकै न प्रिय सम्बन्ध कायम राख्न तल्लिन हुन्छन् ।

जसमध्येकी एक हुन् थाइल्याण्डको बैंककस्थित एक प्रदर्शनी हलमा घरपालुवा जीव जनावरको प्रदर्शनीमा सक्रियता देखाइरहेकी जनावर प्रेमी यि सुन्दरी । जसले आफूले पालेको अजिंगर प्रदर्शन गर्दै गरेको तस्विरले अहिले विश्वभर चर्चा पाइरहेको छ ।

नराम्रो प्रचार गर्ने तपाई को, साम्राज्ञीलाई सोभितको प्रश्न?

यतिबेला कोरोनाले विश्व महामारीको रुप लिईरहेको बेला नेपाली सिने नगरी भने आलोचना र विवादको खेलमा रुमल्लिरहेको छ । यहाँ कहिले अन्तरबार्तामा सिमा विवादको कुरामा कलाकार चुकीरहेका छन भने देशको प्रदेश तथा जिल्लाको बारेमा नजान्दा सामाजिक सन्जालमा ट्रोलको सिकार संगै विवादित बनिरहेका छन् ।

यता पुराना कुरा कोट्याएर साम्राज्ञी राज्य लक्ष्मी पनि चर्चामा छिन् । उनले आफ्नो पहिलो फिल्म ‘ड्रीम्स’ लगायत ३ फिल्ममा आफुलाई भएको गलत कार्य तथा दुर्ववहारको बारेमा बोल्दा उनी चर्चामा छिन भने यो विवादमा अभिनेता भुवन केसि पनि मुछिन पुगे ।

साम्राज्ञीले दुर्ववहारको बारे आफ्नो ईन्स्टामा भिडियो साझेदार गरेपछी भुवनले पनि आफ्नो फेसबुकमा जवाफ स्वरुप एक स्ट्याटस राखेपछी सिने नगरिमा नया तरङ्ग नै पैदा भयो । अहिले एक अर्काको पक्ष विपक्षमा दोहोरी चलिरहेको छ । यसै क्रममा अभिनेता सोभित बस्नेत पनि बोलेका छन् ।

उनले भुवनको पक्ष लिएर सामाजिक संजाल फेसबुकमा एक स्ट्याटस लेख्दै यो बिषयको बारे बोलेका छन् । उनले साम्राज्ञीको नाम नतोकेपनी स्ट्याटसले साम्राज्ञी लाई नै प्रश्न गरेको सिधै बुझ्न सकिन्छ । उनले ‘सदाबहार नायक भुवन केसिको चलचित्र प्रतिको योगदानको अबमुल्यन गर्दै नराम्रो नराम्रो प्रचारबाजी गर्दै आउनुभएको मित्रहरू पहिला तपाईं को हो ?’ भनेर प्रश्न गरेका छन् ।

हेर्नुस् उनको पूरा स्ट्यास्टस : ‘सदाबहार नायक भुवन के सि को चलचित्र प्रती योगदान को अबमुल्यन गर्दै नराम्रो नराम्रो प्रचार बाजि गर्दै आउनु भएको मित्रहरु पहिला तपाई को हो ? र भुबन दाइको अगाडी तपाई कहाँ हुनु हुन्छ भन्ने कुराको मनन गर्नु होला ।

भ्रामक कुरा लाई सपोर्ट गर्दा कहिँ कतै तपाईंले ले उहाँको अनेकौं बर्ष फिल्मी यात्रा को परिणामको कारण यो लाइनमा छु भन्ने बिर्सनु भो कि

Related Articles

Back to top button
Close