International

रोचक प्रसङ्ग बुढा नेताहरुले अब राजनीतिबाट सन्यास लिनु पर्छ, युवालाई देश चलाउन दिनु पर्छ : गगन थापा

पूर्व स्वास्थ्य मन्त्री गगन थापाले टेस्टेड भैसकेको नेताहरुले अब राजनीतिबाट सन्यास लिएर युवालाई देश चलाउन दिनपर्छ भनेका छन् । शुत्र टिभीको शुत्र बहसमा उनले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्रीले एकाएक अध्यादेश ल्याएर अरुको पार्टी फुटाउनेसम्मको तयारी गर्दा आफ्नै पार्टी फुट्नेसम्मको स्थितिमा पुगेको समेत उनले बताए।‘एकाएक के सोच्नु भयो एकातिर अध्यादेश ल्याउनु भयो। अर्कोतिर अरुको पार्टी फुटाउन भाडाका मान्छे प्रयोग गरेर सांसद उठाउने काम गर्न थाल्नु भयो।’ उनले अगाडि भने, ‘त्यसको प्रभावले उहाँको पार्टी फुट्नेसम्मको अवस्थामा पुग्यो। सांसदहरुले नै पक्ष र विपक्षमा हस्ताक्षर गर्न थाले। यो कसैले निम्त्याएको हो ? कुरो प्रष्टै छ। योभन्दा प्रष्ट कुरो के छ?

केही दिनपहिले प्रतिपक्षी दलसहित आम नेपालीले सरकारलाई साथ दिएको स्मरण गर्दै योभन्दा अनुकल अवस्था कहिल्यै नभएको उनले बताए। ‘अध्यादेश नल्याउन्जेल सबैले के भनिरहेको थिए भने तपाई हाम्रो अभिभावक हो। हाम्रोसेनापति हो। यो लडाई तपाइले हार्नुभयो भने हामी पनि हार्छौं। सर्वश्व गुमाउँछौं। सबैले भनिरहेको कुरा यहि त थियो। योभन्दा अनुकुलको अवस्था ओलीले खोज्नु भएको चाहि के हो?

‘सरकारले एउटा कोष बनायो। सबैभन्दापहिले कांग्रेसले ५० लाख बोकेर गयो। यो कांग्रेससँग पैसा धेरै भएर पनि होइन र सरकारसँग कम भएर पनि होइन। सन्देश के दिन खोजिएको हो भने प्रतिपक्ष सरकारसँगै छ।

महामारीका बेला स्वास्थ्य सामग्री खरिदमा भएको भनिएको अनियमितताका विषयमा समेत प्रक्रियागत छानबिन हुने भन्दै आफूहरु चुप बसेको उनले स्मरण गरे। ‘यत्रो ठूलो अनियमितता हुँदा पनि महामारीको बेलामा हामीले खासै बोलेनौं। विषयान्तर गर्नु हुँदैन भन्यौं।’ उनले भने, ‘ हाम्रा यत्रा मान्छे बाहिर छन्।

नेपाल छिर्न पाउने उनीहरुको हक हो। उहाँहरुका लागि तपाइले सिमानाबन्द गर्न पाउदैन। तिनलाई कसरी ल्याउने? ल्याएर कहाँ राख्ने ? यो विषयमा त बहसै हुन छोड्यो। सारा देशलाई प्रधानमन्त्रीले अर्कोतिर लग्नुभयो।

यो आचरण र क्षमता भएको नेतृत्वले हामीलाई महासंकटबाट पार लाउँला ?’ उनले प्रश्न गरे।

आज श्री शाके १९४२ बि.स.२०७७ साल असार १९ गते शुक्रबार इश्वी सन २०२० जुलाई ३ तारीख आषाढ शुक्लपक्ष त्रयोदशी तिथी ज्येष्ठा नक्षत्र शुक्ल योग तैतिल करण चन्द्रंमा वृश्चिक राशिमा आनन्दादि योगमा चर योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे,चो, ला, लि, लु, ले, लो, अ) बाणीका कारण निकटतम ब्यक्तिहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुनेछ । गैर ब्यक्तिको बिस्वासमा गरीएका कार्यमा सजग रहनुहोला सामान्य अपजस को सम्भाबना रहेकोछ । खानपानमा बिषेश साबधानि अपनाउनु होला । सामान्य कार्य सम्पादनमा अधिक परीश्र गर्नु पर्ने सम्भाबना रहेको छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) जीबन साथिको सहयोगमा गरीएका कार्य बाट मनग्य लाभ प्राप्त हुने समय रहेको छ । ब्यापार ब्यवसाय मा भने सामान्य ढिलाईको सम्भाबना रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोगमा कमि आएको महसुस हुनेछ । नयाँकाम प्रारम्भ गर्नका लागी समयले साथ दिएको छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) प्रतिस्पर्दिहरुको बृद्धि हुनाले कार्य सम्पादनमा बिषेश ध्यान पूर्याउनु पर्ने समय रहेको छ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ । शारीरिक अस्वस्थाको सम्भाबना रहेको छ । आकस्मीक खर्चको सामना गर्नु पर्नेछ । आय आर्जनका लागी भने समय उत्तम रहेको छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अरुको कार्य लापरबाहि को प्रतिफल तपाईलाई आईपर्न सक्नेछ । साजेदारी ब्यवसायमा मनग्य लाभ मिल्नेछ । गैर ब्यक्तिको पुर्ण बिस्वास नर्गनु राम्रो हुनेछ । कुराकाट्ने ब्यतिहरुबाट बच्नु पर्ने छ । आय आर्जनका लागी भने समय उत्तम रहेको छ । अध्यन अध्यापनमा खर्चिएको समय उत्तम रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पारीवारिक साथ सहयोमा गरीएका कार्यहरु दीर्घकालिन फाईदाका श्रोत साबित हुनेछन । पति पत्नि बिचको सम्बन्धमा सामान्य खटपट रहने सम्भाबना रहेको छ । कार्यक्षेत्रको लगन सिलतामा बृद्धि हुनाले मान सम्मानको योग रहेको छ । भौतिक श्रोतसाधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु होला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) मित्रजन तथा दाजुभाई बिचको सम्बन्धमा सुधार आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्र गर्नु पर्ने सम्भाबना रहेको छ । मित्र सहयोग प्राप्त हुनेछ । यात्राका क्रममा बिभिन्न झमेलाहरुको सामना गर्नु पर्न सक्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) कुलकुटुम्ब हरुको साथ सहयोगमा कमि आएको महसुस हुनेछ । बौधिक ब्यत्तित्व सगँको भेटघाटमा समय ब्यतित रहने छ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ । मित्र जनको साथ सहयोगमा कमि रहला । अध्यन अध्यापनका क्षेत्रमा त्यति मन जानेछैन ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । ब्यापार ब्यवसायको साजेदारीमा भने सामान्य असमन्जसता उत्पन हुन सक्नेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ । खानपानमा सजग रहनु होला । नयाँ कार्यको थालनि गर्न समय उत्तम रहेकोछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) मानसिक चन्चलताका कारण मित्रजन सगँको सम्बन्धमा फाटो आईपर्नेछ । जिबन साथीको सहयोमा गरीएका ब्यापार ब्यवसायमा लाभ प्राप्त हुनेछ । नयाँ लगानि तथा साजेदारीकार्यका क्षेत्रमा भने उत्तम समय रहनेछ । प्रतिपक्षीहरु शुभ चिन्तकका रुपमा परीणत हुनेछन ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) अध्यन अध्यापनका सन्दर्भमा खर्चिएको समय उत्तम रहनेछ । प्रतिपक्क्षी तथा प्रतीस्पर्दीहरुको बृद्धि हुन सक्नेछ । नयाँकाम प्रारम्भ गर्नका लागी समयले साथ दिएको छ तथापि साजेदारी काममा भने सजग रहनु राम्रो रहनेछ । मान्यजनको सहयोग द्वारा भाग्योदयको योग रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) मानसिक चन्चलताका कारण कार्य क्षेत्रमा तनाबको सामना गर्नु पर्नेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्रको सम्भाबना रहेको छ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । सन्तान सम्बन्धी समस्याले सताउन सक्नेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) सामान्य यात्रा पस्चात मान सम्मानको प्राप्ती हुन सक्नेछ । मान्यजनको सहयोग द्वारा भाग्योदयको योग रहनेछ । मित्रजनको अति सामीप्यतामा अहित हुन सक्नेछ । पारीवारिक सम्बन्धमा भने सामान्य समस्या उत्पन हुनेछ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ ।

Related Articles

Back to top button
Close