News

दुखद समाचार कञ्चनपुरमा सर्पले डसेको बालकको उपचारको अभावमा मृ’त्यु

कञ्चनपुर, १८ असार । कञ्चनपुरको महाकाली अस्फतालमा भेन्टिलेटर नहुँदा सर्पको डसाईबाट एक जना बालकको मृत्यु भएको आफन्तको आरोप छ ।

बुधबार कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका –१६ का १४ वर्षीय पर्वत गिरीको सर्पको डसाईबाट मृत्यु भएको हो । बालकलाई मंगलबार राति सर्पले डसेको घरपरिवारले थाहा पाएपछि महाकाली अस्पताल लगिएको थियो ।

उपचार गर्न बालकको अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार गर्नु पर्ने भएको र महाकाली अस्पतालमा भेन्टिलेटर नभएपछि अस्पतालले बालकलाई धनगढी प्रादेशिक अस्पताल रिफर गर्दा बाटोमै बालकको मृत्यु भएको हो ।

उपचार गर्न बालकको अवस्था गम्भीर भएकोले महाकाली अस्पतालमा भेन्टिलेटरको अभावमा बालकलाई धनगढी प्रदेशिक अस्पताल रिफर गर्नु परेको महाकाली अस्पतालका डाक्टर सरोज आचार्यले बताउनु भयो ।

महाकाली अस्पतालमा २०७१ सालमा नै भेन्टिलेटर आएपनि कनेक्टर नभएपछि अहिले उक्त भेन्टिलेटर आफै थला परेको छ ।

सुदूर पश्चिमप्रदेशको सामाजिक विकास मन्त्रालयले कोरोना भाइरस ९कोडिभ– १९० रोकथामका लागि छुट्याएको बजेटमा महाकाली अस्पतालको आइसीयू सञ्चालनका लागि भेन्टिलेटरसहितका पाँच उपकरण खरिद गरेको थियो ।

जसमा भेन्टिलेटर खिया लागेको र पुरानो मोडल भएको पाइए पछि उक्त सम्झौता रद्द गरेर अर्को सूचना प्रकाशन भएपछि आर।बी मर्चेन्ट लिमिटेडले ९२ लाख ९५ हजारमा र ११ लाख २९ हजार ५ सय ६५ गरी दुइटा प्याकेजमा ठेक्का पाएको थियो ।

ठेक्का पाएको दिन देखि सात दिनभित्र सम्झौता गरी सामान पठाउनु पर्ने हो तर सामान त के पटक पटक अस्पताल प्रशासनले आर.बी. मर्चेन्ट लिमिटेडलाई सम्झौता गर्न आउ भनी ताकेता गर्दा पनि कम्पनी भने अहिले सम्म सम्झौता गर्न आएको छैन ।

आर।बी मर्चेन्टले भने बोलपत्रमा सम्झौता भएको मितिले १५ देखि ४५ दिनसम्म समान पुर्याइसक्नु पर्ने भनिए पनि हाल मुलुक तथा अन्तर्राष्ट्रिय बिभिन्न मुलुकहरुमा कोरोना संक्रमणको प्रभाव यथावत रहेको हुनाले बोल पत्रमा भए अनुसारको सामान मध्ये केहि सामान यहि असार महिना र केहि सामान साउन महिना सम्ममात्र उपलब्ध गराउन सक्ने भनि कम्पनीले जानकारी दिएको छ ।

महाकाली अस्पतालमा अहिले २५ जना मानिसको कोरोनाको उपचार गरि राखेका छन् उनीहरुको स्वास्थ्य अवस्था खराब भएपछि उनीहरुको उपचार गर्न अस्पतालमा भेन्टिलेटर नहुँदा कोरोना संक्रमितले पनि समस्याको सामना गर्नु पर्ने देखिन्छ ।

यसरी ठेक्का परि सकेपछि अस्पताल जस्तो संवेदनशील ठाउँमा ठेकेदारले लापरवाही गर्दा आम मानिसको सरकारी अस्पताल प्रतिको भरोसा घट्रदै गएको छ भने कतिपय मानिसहरुले अकालमै ज्यान गुमाउ बाध्य बनेका छन् ।

 

Related Articles

Back to top button
Close