News

भारतीय राजदूतलाई देश निकाला गर्ने

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री फेर्ने षड्यन्त्र गर्ने राजदूतलाई देश निकाला गर्न माग गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले हालै भारतले आफूलाई हटाउन खोजेको र दूतावास सक्रिय भएको आरोप लगाएका सन्दर्भमा डा. भट्टराईले त्यस्तो षड्यन्त्र गरेको भए भारतीय राजदूतलाई किन देश निकाला नगरेको भन्ने प्रश्न गर्नुभएको हो ।

जनता समाजवादी पार्टीका नेतासमेत रहनुभएका डा. भट्टराईले प्रधानमन्त्री फेर्ने षड्यन्त्र गरेको भए त्यस्तो राजदूतलाई किन देश निकाला नगरेको भन्दै भन्नुभयो, ‘त्यसो हो भने उहाँ के हेरेर बस्नु भएको छ ? राजदूतलाई बोलाएर किन स्पष्टीकरण लिनुहुन्न ? किन तुरुन्तै देश निकाला गर्न सक्नुहुन्न ?’

नागरिकता विधेयकको विरोधमा जसपाले गरेको प्रदर्शनलाई सम्बोधन गर्दै भट्टराईले देश गम्भीर समस्यामा रहेको बेला प्रधानमन्त्रीले बेसुरा कुरा गर्दै हिँडेको आरोप पनि लगाउनुभयो ।

कहिले पार्टी फुटाउने विधेयक ल्याउने, कहिले हाच्छ्युं गरेर कोरोना उडाइदिनुपर्छ भनेर जग हसाउने प्रधानमन्त्रीले अहिले आफूलाई हटाउन कुनै देशको राजदूतले षड्यन्त्र गरेको बताएको उहाँको भनाइ थियो ।imagekhabar

Related Articles

Back to top button
Close