International

एका बिहानै चट्यांग पर्दा ११ जनाको मृत्यु

(एजेन्सी)। भारतको बिहार राज्यमा चट्यांग लागेर ११ जनाको मृत्यु भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार मंगलबार चट्यांग लागेर बिहारका ५ जिल्लामा ११ जनाको मृत्यु भएको हो।

राजधानी पटनामा २, छपरामा ५, नवादामा २, लखीसरायमा १ र जमुईमा एकजनाको मृत्यु भएको छ।

बिहारका मुख्यमंत्री नीतीश कुमारले मृतकका परिवारलाई ४–४ लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन्। यसअघि गएको बिहीबार चट्यांग लागेर बिहारमा ८३ जनाको मृत्यु भएको थियो।

Related Articles

Back to top button
Close