International

”नलगाउद कोरानाको डर लगाउदा मर्छु कि बन्ने डर” लामो समय मास्क लगाउँदा मृत्युसम्मको खतरा !

कोरोनाको महामारीले मानिसहरु संक्रमणबाट बच्न मास्कको प्रयोग गर्दछन् । तर कतिपय अवस्थामा त्यहि मास्कले स्वास्थ्यमा नकारात्मक असर पार्ने गरेको छ ।

यदि तपाई पनि मास्कको प्रयोग गर्नुहुन्छ ? लामो समय सम्मप्रयोग गर्नुहुन्छ भने सावधान ! यसले तपाईको स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ ।

लगातार लामो समयसम्म मास्क लगाउँदा शरीरमा अक्सिजनको कमी हुने गर्दछ । जसले रगतमा कार्बन डाइअक्साइडको मात्रा बढ्न जान्छ । यति मात्र होइन, लामो समयसम्म मास्क लगाउँदा स्वास्थ्यमा अन्य कैंयौ प्रकारको समस्या निम्त्याउने गर्दछ ।

के के असर पर्दछ त स्वास्थ्यमा ?

१. लामो समय मास्क लगाउँदा मास्क भित्र अक्सिजनको कमी भई कार्बनडाइ अक्साइड भरिन्छ । यसले हाई लेवलमा कार्बनडाई अक्साइड स्वासमा भरिन्छ । जसका कारण मानिसको मृत्यु समेत हुनसक्छ ।

२. मास्क लगाएर सास फेर्दा स्वास लिने अनि छाड्ने क्रम चल्दछ । यस क्रममा मास्कका कारणले अक्सिजनको प्रवाह कम हुन्छ र कार्बनडाइ अक्साइडको मात्रा बढेर जान्छ ।

३. यस्तोमा सास फेर्दा कार्बनडाइ अक्साइडलाई पनि अक्सिजनको साथ लिइन्छ । र कार्बनडाइ अक्साइडमा समावेश हुने हाइपर केनियाका कारण टाउको दुख्ने, रिगंटा लाग्ने, ध्यान केन्द्रित गर्न ग्राहो हुने, कानमा आवाज आउने लगायतका समस्या हुने गर्दछ ।

४. आम अवस्थामा वातावरणमा कार्बन डाइअक्साइडको मात्रा ० दशमलव ०४ प्रतिशत हुन्छ तर यो मात्रा बढेर १० प्रतिशतभन्दा बढि भयो भने यसले ज्यान लिन सक्छ ।

कोरोनाको महामारीबाट बच्न चिकित्सकहरु एन ९५ मास्क लगाउने सुझाव दिन्छन् । तर मास्क लगाउँदा लगातार लामो समयसम्म लगाउनु हुदैन । अझ दौडदाँ वा छिटोछिटो हिड्दा मास्क लगाउनु हानिकारक हुन्छ । यस्तो बेला मास्क खोल्नु पर्दछ । घर बाहिर निस्कदा अनिवार्य मास्क लगाएर मात्र निस्कनु होला । तर ध्यान रहोस् यो टाइट लगाउनु हुदैन ।

श्री शाके १९४२ बि.स.२०७७ साल असार १७ गते बुधबार इश्वी सन २०२० जुलाई १ तारीख आषाढ शुक्लपक्ष एकादशी तिथी विशाखा नक्षत्र सिद्ध योग भद्रा करण चन्द्रंमा तुला राशिमा आनन्दादि योगमा धाता योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु हरिशयनी एकादशी व्रत चतुर्मास व्रत प्रारम्भ हरिवासर योग तुलसी राेपण (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दाम्पत्य सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ । शारीरिक आलस्यताले सताउन सक्नेछ । नयाँ लगानिमा सजग रहनु होला । पारीवारिक झोर झमेलाले सताउनेछ । मनको चन्चलताले गर्दा कार्य क्षेत्रमा सामान्य ढिलाई हुन सक्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) मान्यजनको साथ सहयोगमा गरीएका कार्य भने सफल रहलान । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शारीरिक आलस्यले कार्य ढिलाई हुन सक्छ । अरुको बिश्वासमा गरीएका कार्यहरुमा सामान्य झझट पैदा हुन सक्ला । अनायासै यात्राको सम्भाबना रहन सक्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) पारीवारिक झोर झमेलाले सताउन सक्छ । अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । आम्दानि क्षेत्र भने मध्यम रहेको छ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । बौधिक ब्यक्तित्व सँगको भेटघाटले मन हर्सित तुल्याउला । नयाँ कार्यको थालनिले आम्दानि सबल तुल्याउनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । काम कार्यको क्षेत्रमा बिषेश ध्यान दिनु होला । पारीवारिक साथ सहयोग बाट कार्य सम्पादनमा मद्दत पूग्नेछ । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मित्रजनको साथ सहयोग भरपुर रहनेछ । मानसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नु पर्ला । ब्यापार ब्यवसायको क्षेत्र भने राम्रो रहेको छ । सामान्य यात्रा हुनसक्ने सम्भाबना रहेको छ । मान्य जनको साथ सहयोग प्राप्त हुनाले सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । खानपानको गडबढीले स्वास्थमा सामान्य बाधा आउन सक्छ । बोलिको कारण आफन्तजनहरु रुष्ट रहन सक्छन सजग रहनु होला । दीर्घकालिन फाईदा मुलक काममा लगानि लगाउने राम्रो समय रहेको छ तर तत्कालिक आर्थिक अभाब झेल्नु पर्ला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) साधारण चोट पटक लाग्न सक्ने सम्भाबना रहेको छ । प्रेमी प्रेमीका बिच खट्पट रहन सक्छ । कार्य सम्पादनमा आटँको कमि रहला । ब्यापार ब्यवसायका माध्यम बाट आम्दानीका श्रोत सुदृण बन्नेछ । साजेदारी काममा हात नहाले कै बेस रहने छ ।सभा सम्मेलन जन्य कार्य सहभागीता मिल्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मित्रजनहरुको लागी साधारण खर्चहुन सक्ने सम्भाबना रहेको छ । खराब संंगतको कारणले सामान्य झन्जट ब्यर्होनु पर्ला । ब्यापार ब्यवसायमा सामान्यतय हानि रहन सक्ने छ । कला कौशलको प्रयोगलमा समय ब्यतित रहने योग रहनेछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) हरकोहिको पुर्ण बिश्वास नर्गनु होला धोका हुन सक्छ । नयाँ कामको क्षेत्रमा लगानि नगरेकै बेश हुनेछ । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । मित्रजन को साथ सहयोय प्राप्त हुनेछ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । यात्रामा साबधानि अपनाउनु होला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । कष्टकर यात्रा रहन सक्छ । शारिरिक आलस्यता ले सताउने छ । सभा समेलनमा सरीक हुने योग रहेको छ । सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) दाजु भाई तथा मित्रजनको साथ सहयोग प्राप्त हुनेछ । यात्राकारक दिन रहेकोछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला । लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ । कुरा काट्ने ब्यक्तिको कमि नरहला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) शारीरिक अस्वस्थाका कारण कार्य सम्पादनमा समस्या आउन सक्छ । सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । मान्य जनको साथ सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले मनमा खिन्नता बोध हुनेछ । माल सामान को क्षति ब्यहोर्नू पर्ला सजग रहनु होला ।

Related Articles

Back to top button
Close