Entertainment

भुवन के.सी. द्वारा नायिका साम्राज्ञी माथि यौन दुर्ब्यबहार

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले केही दिन अगाडी सामाजिक संजालमार्फत एक भिडियो सार्वजनिक गर्दै आफूले केही चलचित्रकर्मीसँग काम गर्दा दुःख पाएको उल्लेख गरिन् । उक्त बिषय निकै चर्चामा रह्यो । साम्राज्ञीले यसो भनिरहँदा उनको कटाक्ष नायक भूवन केसीमाथि पनि थियो । साम्राज्ञीलाई भूवनले चलचित्र ‘ड्रिम्स’बाट यो क्षेत्रमा प्रवेश गराएका हुन् । साम्राज्ञीले भुवनलाई लक्षित गर्दै इन्टाग्राममा स्टोरी हालेकी छिन् ।उनको स्टोरी कस्लाई लक्षित हो भन्ने कुरा नखुले पनि भुवनलाई नै टार्गेट गरेकाे बुझ्न सकिन्छ । केसीले आफूलाई पटक पटक गलत नियतले छोएको बताउँदै साम्राज्ञीले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेकी छन् ।

सम्बोधनमा आफूलाई छोरी भनेपनि केसीले पटक पटक यौन दुर्व्यवहार गरेको साम्राज्ञीले बताइन् । केही समय अघि साम्राज्ञी र केसीका छोरो नायक अनमोल केसी प्रेम सम्बन्धमा रहेको समेत खुलेको थियो । साम्राज्ञी ड्रिम फिल्मबाट सिने जगतमा प्रवेश गरेकि थिइन् । यस फिल्मका निर्माता नायक भुवन केसी थिए भने हिरोको रोलमा उनका छोरा अनमोल थिए । साम्राज्ञीले ड्रिम फिल्मको सुटिङदेखि नै आफूमाथि भुवनको गलत दुष्टि-कोण रहेको जनाएकी छन् । भिडियो हेर्नुहोस
osnepal

Related Articles

Back to top button
Close